''सांस्कृतिक राष्ट्रवाद'' विषयक अन्तरक्रिया कार्यक्रम संपन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, November 28, 2019

''सांस्कृतिक राष्ट्रवाद'' विषयक अन्तरक्रिया कार्यक्रम संपन्न


काठमाण्डौ । विश्व हिन्दू परिषद् नेपालद्वारा सांस्कृतिक राष्ट्रवाद विषयक अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ । कार्यक्रम मङ्सिर ११ गते काठमाण्डौ गौरीघाट स्थित केशवधामको सभाहलमा आयोजना गरिएको थियो । 


विश्व परिषदका अन्तर्राष्ट्रीय महामन्त्री माननीय मिलिन्द परांडे ज्यूको नेपाल प्रवासको क्रममा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा, परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंह, कोषाध्यक्ष रबिन अधिकारी, संगठन सचिव प्रल्हाद रेग्मी,  संतमार्ग दर्शक मण्डलका सह–संयोजक सेवक सौरभनाथ जी, हिन्दू स्वयंसेवक संघका सह–राष्ट्रिय प्रचारक मा.रेवित कुमार, स्थानीय कार्यकर्ता , शुभचिन्तक एवं बोलबम कांवरिया संघ, गायत्री चेतना केंद्र नेपाल लगायतका धार्मिक संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा हिन्दू धर्म संस्कृति सम्बन्धि व्यापक छलफल भएको थियो । कार्यक्रममा उपस्थित पदाधिकारी, कार्यकर्ता तथा संघ संगठनका प्रतिनिधिहरु आ–आफ्ना विचार राखेका थिए । कार्यक्रमको अन्त्यमा मा.मिलिन्द परांडे ज्यूले उपस्थित धार्मिक संस्थाका प्रतिनिधिहरुलाई खाँदा ओढाई सम्मान गर्नु भएको थियो ।