विश्व हिन्दू परिषद् नेपालद्वारा साहित्यकार रमाप्रसाद रिजाल सम्मानित - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, November 16, 2019

विश्व हिन्दू परिषद् नेपालद्वारा साहित्यकार रमाप्रसाद रिजाल सम्मानित


कार्तिक ३०, बिराटनगर । विश्व हिन्दू परिषद नेपाल बिराटनगर शाखाद्वारा समाजसेवी एवं बरिष्ठ साहित्यकार रामाप्रसाद रिजाल सम्मानित हुनुभएको हो। विश्व हिन्दू परिषद् नेपाल बिराटनगर शाखाले बिराटनगर  स्थित परोपकार भवनमा आयोजित 'हिन्दू धर्मको वर्तमान अवस्था' विषयक प्रवचन  कार्यक्रम विच उहाँलाई सम्मान गरेको हो।


शनिबार दिउँसो १ बजे आयोजित उक्त कार्यक्रममा समाजको प्रवुद्ध व्यक्तित्व र पुज्य सन्त गणको  गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय महासचिव जीतेन्द्र कुमार सिंह, प्रदेश संगठन मंत्री गोपाल अधिकारी, जिल्ला अध्यक्ष श्रीमती शोभा पोखरेल सचिव शिरोमणि भट्टराई लगायत स्थानीय समितिका पदाधिकारी, कार्यकर्ता एवं शुभचिन्तकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।