हिन्दू संस्कार - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, September 29, 2019

हिन्दू संस्कार

 




विषय सूची

१. हाम्रो लक्ष्य 
२. विहान प्रातः स्मरणका क्रमहरु 
  • (१) द्वीप प्रज्वलन मन्त्र 
  • (२) प्रणवोच्चारण –ॐ उच्चारण ३ पटक) 
  • (३) प्रातः स्मरण 
  • (४) एकात्मता स्तोत्रम् 
  • (५) एकता मन्त्र 
  • (६) विजय महामन्त्र
  • (७) बुद्ध वन्दना 
  • (८) ईश्वर वन्धुत्व मन्त्र 
  • (९) प्रेरणा मन्त्र 
  • (१०) शुभकामना मन्त्र 
  • (११) संगठन मन्त्र 
  • (१२) श्रीराम स्तुति 
  • (१३) एक मालाको जप १०८ पटक 
  • (१४) श्री स्तुति (राम रामेति रामेति) 
  • (१५) हनुमान चालिसा 
  • (१६) पूर्णता (विसर्जन) मन्त्र 
  • (१७) जय घोष 
  • (१८) ध्येय वाक्य 
  • (१९) पंञ्चाङ्ग (साल, महिना, तिथि वार र गते) 
  • (२०) दोहा चौपाई 
  • (२१) संघ प्रार्थना
३. केही दोहा÷चौपाइहरु 
४. केही सुभाषितहरु 
५. आरती 
६.भोजन मन्त्र
६. सूर्य नमस्कार मन्त्र 
७. आचार विभाग 
हाम्रो लक्ष्य

परिषदको मुख्य उद्देश्य
  • सनातन एवं शाश्वत हिन्दू जीवन मूल्य–मान्यताहरुको रक्षा एवं प्रसार–प्रचार गर्नु ।
  • आफ्नो धर्मको विविध पंथ, सम्प्रदाय, जाति–उपजातिहरुको बिचमा समन्वय तथा सहकार्य बढाई सबैमा एकताको भावना निर्माण गर्नु र बढाउनु ।
  • सामाजिक विभेद, विषमता, छुवाछुत, कुप्रथाहरुको निर्मूलन गरी सामाजिक समरसता निर्माण गर्न र समाज संगठित, सशक्त बनोस भनी प्रयास गर्नु ।
  • आदिवासी, जनजाती, दलित, असहाय तथा पिछडिएका वर्ग आदि उपेक्षित समुदायको लागि सेवा कार्य प्रारम्भ गर्नु र उनको सामाजिक सर्वांगीण विकासको लागि प्रयास गर्नु ।
  • धर्मान्तरण रोक्न जनचेतना तथा धर्मान्तरित भएका बन्धुहरुलाई पुनः हिन्दू धर्ममा ल्याउनु ।
  • मठ–मन्दिरलाई सुव्यवस्थित गरी समाजको शक्ति केन्द्र बनाउन प्रयत्न गर्नु ।
  • विदेशमा रहनु भएका हिन्दू दाजुभाई–दिदिबहिनीहरुसंग सम्पर्क स्थापित गरी उनको धार्मिक, सांस्कृतिक समस्याहरुको निराकरण गर्नु ।
  • हिन्दू समाजमाथि कुनै अन्याय वा आक्रमण भएको छ भने त्यसको विरुद्ध जन जागरण तथा आन्दोलन गरी त्यस किसिमको अन्याय,अत्याचार एवं आक्रमणको अन्त्य गर्नु ।

प्रातः स्मरणका क्रमहरु
  • १. दीप प्रज्वलन मन्त्र (ॐ शुभंकरोति कल्याणं) 
  • २. प्रणवोच्चारण (ॐ उच्चारण ३ पटक) 
  • ३. प्रातः स्मरण (कराग्रे वसते लक्ष्मी) 
  • ४. एकात्मता स्तोत्रम (ॐ सच्चिदानन्द रुपाय.) 
  • ५. एकता मन्त्र (यं वैदिका मन्त्रदृशः पुराणा ...) 
  • ६. विजय महामन्त्र (श्री राम जय राम जय–जय राम १३ पटक) 
  • ७. वुद्ध वन्दना (वुद्धं शरणं गच्छामी ......) 
  • ८. ईश्वर वन्धुत्व मन्त्र (त्वमेव माता च पिता त्वमेव) 
  • ९. प्रेरणा मन्त्र (ॐ असतोमा सद्गमय ....) 
  • १०. शुभकामना मन्त्र (सर्वे भवन्तु सुखिनः ....) 
  • ११. संंगठन मन्त्र (ॐ संगच्छध्वंं संवदध्वं .....) 
  • १२. श्रीराम स्तोत्र (श्री रामचन्द्र चरणौ मनसा स्मरामी) 
  • १३. एक मालाको जप (१०८ पटक श्रीराम जय राम –जय – जय राम) 
  • १४. श्रीराम स्तुति (राम रामेति रामेति .......) 
  • १५. हनुमान चालिसा (श्री गुरु चरण सरोज रज–देखि शुरु गर्ने) 
  • १६. पूर्णता (विसर्जन) मन्त्र (ॐ पूर्णमदः पूर्णमिदं) 
  • १७. जयघोष क्रमस (श्री सचिदानन्द भगवान को जय देखि शुरुगर्ने) 
  • १८. ध्येय वाक्य (हामी नेपाल आमाका सन्तान हौं .......) 
  • १९. पञ्चाङ्ग (दिवस परिचय) (साल महिना तिथि वार गते ) 
  • २०. दोहा÷चौपाईः– (उक्तदिनको नियोजित कुनै एउटा मात्र) 
  • २१. संघ प्रार्थनाः (नमस्ते सदा वत्सले मातृभूमे ...) (प्रशिक्षणको बेला शाखामा अरु बेला विहान गर्ने)
१.दीप प्रज्वलन मन्त्रः
ॐ शुभं करोति कल्याणम् आरोग्यं सुख सम्पदाम् 
शत्रु बुद्धि विनाशाय दीप ज्योर्तिनमोस्तुते 
दीपं ज्योति परंब्रद्म्र दीपं ज्योर्तिजनार्दन 
दीपं ज्योति हरते पापं दीपं ज्योर्तिनमोस्तुते ।।
(अर्थः– हे द्वीप ज्योति तपाई शुभ र कल्याण गर्ने साथै आरोग्य सुख, धन, सम्पत्ति दिने हुनु हुन्छ र शत्रुता सम्झने बुद्धिको नाश गराई दिने वाला तपाईलाई नमस्कार छ । हे द्वीप तपाईको ज्योति परंब्रद्म स्वरुपको छ जनार्दन भगवनका स्वरुप हे द्वीप मेरो सम्पूर्ण पापको नाश गराई दिनु होस, मेरो बारम्बार नमस्कार छ ।)
२. प्रणवोच्चारण (ॐ उच्चारण ३ पटक)
३. प्रातः स्मरण 
बिहान उठेर आत्महितको कामना गर्दै, प्रातः स्मरणको पाठ गर्नाले सर्वशक्तिमान् परमेश्वरको विश्वास, आफ्नो मातृभूमि र राष्ट्रप्रति भक्ति, प्रेम, तथा आफ्ना प्रतापी पूर्वजहरुको स्मरणले जागेको आत्म गौरव र स्वाभिमानको पवित्र भाव मनमा आउँछ, जसको कारण प्रफुल्लता स्पुूmर्त, दृढता र उल्लासका साथ आफ्नो कर्तव्य पथमा अघि बढदै मनुष्यले नयाँ नयांँ सफलता अवश्य प्राप्त गर्दछ । मन दिनभरि प्रसन्न र उमंगले भरिरहन्छ । 
कराग्रे वसते लक्ष्मीः, करमध्ये सरस्वती । 
करमूले तु गोविन्दः, प्रभाते करदर्शनम् ।।१।।
(प्रातःकालमा पुरुषार्थको प्रतीक आफ्नो हातको दर्शन गरौं । किनकि हत्केलाको अग्रभागमा लक्ष्मीको निवास छ । हत्केलाको मध्य भागमा सरस्वतीको र मूलमा गोविन्दको निवास छ । अर्थात् पुरुषार्थ वा कर्तव्य कर्मको मूलमा सबै प्रकारका आनन्दका दाता (गोविन्द) को ध्यान र हत्केलाको मध्यमा ज्ञान–विज्ञानकी देवी सरस्वती तथा अग्र भागमा धनधान्यकी देवी लक्ष्मीको ध्यान गर्नाले परिणाम स्वरुप सबै प्रकारको सुख समृद्धि प्राप्त हुन्छ ।)
समुद्रवसने देवि, पर्वतस्तनमण्डले, 
विष्णुपत्नि नमस्तुभ्यं, पादस्पर्शं क्षमस्व मे ।।२।। 
(हे सागर रुपी परिधान (वस्त्रहरु) र पर्वत रुपी वक्षः–स्थलले शोभायमान धर्ती माता मलाई चरण स्पर्शको लागि क्षमा गर । हे मातृभूमि (जसको रक्षा स्वयं विष्णु गर्दछन्) तिमीलाई नमस्कार गर्दछु ।) 
ब्रद्म्र मुरारिस्त्रिपुरान्तकारी 
भानुः शशी भूमिसुतो बुधश्च । 
गुरुश्च शुक्रः शनिराहुकेतवः 
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।३।। 
( ब्रद्म्र, मुरारि (विष्णु), त्रिपुर–नाशक (शिव) तथा सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु यी नवग्रह सबैले मेरो विहानलाई शुभ एवं मंगलमय गरुन् ।) 
सनत्कुमारः सनकः सनन्दनः 
सनातनोऽप्यासुरिपिङ्गलौ च । 
सप्त स्वराः सप्त रसातलानि 
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।४।। 
(सनक, सनन्दन, सनातन र सनत्कुमार ( ब्रद्म्राका मानस पुत्र, बाल ऋषि तथा सांख्य दर्शनका प्रवर्तक कपिलमुनिका शिष्य आसुरी एवं छन्दहरुको ज्ञान गराउने मुनि पिङ्गल, मेरो बिहानलाई मगंलमय गरुन् । साथै सात स्वरहरु (नाद–ब्रद्मका विवर्तक षट्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, निषाद र धैवत) र सात रसातलले मेरा लागि सुप्रभात गरुन् ।) 
सप्तार्णवाः सप्त कुलाचलाश्च 
सप्तर्षयो द्वीप वनानि सप्त । 
भूरादिकृत्वा भुवनानि सप्त । 
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।५।। 
(सात संमुन्द्र (भूमण्डलको लवणाब्धि, इक्षुसागर, सुरार्णव, आज्यसागर, दधिसमुन्द्र्र, क्षीरसागर र स्वादुजल रुपी सात सलिल–तत्व), सप्त पर्वत (महेन्द्र, मलय, सह्याद्रि शुक्तिमान्, ऋक्षवान, विन्ध्य र पारियात्र), सात ऋषि (कश्यप, अत्रि, भरद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र), सात द्वीप (जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौच, शाक र पुष्कर), सात वन (दण्डकारण्य, खण्डारण्य, चम्पकारण्य, वेदारण्य, नैमिषारण्य र धर्मारण्य) रुद्राक्षारण्य भूलोक आदि सात भुवन (भूः, भुवः, स्वः, महः, जनः, तपः, र सत्य)सबैले मेरो बिहानलाई मगंलमय गरुन् ।) 
पृथ्वी सगन्धा सरसास्तथापः 
स्पर्शी च वायुज्र्वलनं च तेजः । 
नभः सशव्दं महता सहैव 
कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।६।।
(आफ्नो गुणरुपी सुगन्धबाट युक्त पृथ्वी, रस युक्त जल, स्पर्शयुक्त वायु, ज्वलनशील अग्नि तथा शब्दरुपी गुणबाट युक्त आकाश, महतत्व वृद्धिका साथ मेरो विहानलाई मंगलमय गरुन् । अर्थात् पाँच तत्व सहित महत तत्व कल्याणकारी होऊन् ।)
प्रातः स्मरणमेतद् यो 
विदित्वादरतः पठेत् । 
स सम्यग् धर्मनिष्ठः स्यात् 
संस्मृताखण्ड नेपाल ।।७।। 
(यस प्रातः स्मरणलाई बुझेर आदरपूर्वक पाठ गरेमा ऊ अखण्ड नेपालको स्मृति मनमा राख्दै आफ्नो धर्म र कर्तव्य प्रति सँधै निष्ठावान बनिरहन्छ ।) 
हिन्दू धर्मको जय ।
नेपाल आमाको जय ।

४.एकात्मता स्तोत्रम् 
ॐ सच्चिदानन्द रुपाय नमोऽस्तु परमात्मने 
ज्योतिर्मयस्वरुपाय विश्वमांगल्य मूर्तये ।।१।। 
(संसारका लागि परम मांगलिक स्वयंप्रकाश स्वरुप, सत्य, चेतन, आनन्दस्वरुप श्रीहरि परब्रम्हा परमात्मालाई नमस्कार छ ।) 
प्रकृतिः पञ्चभूतानि ग्राहाःलोकाः स्वरास्तथा । 
दिशः कालश्च सर्वेषां सदा कुर्वन्तु मङ्गलम् ।।२।। 
(प्रकृति माया (सत्व, रज, तम यी तीनै गुणवाली यो प्रकृति नै सृष्टि निर्माणको परम कारण हो, यस्तो दार्शनिक सिद्धान्त हो) पञ्चभूत –अग्नि, जल, पृथ्वी, वायु, आकाश) नवग्रह (सूर्य, चन्द्र मगंल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु) तीनै लोक (स्वर्गलोक, मृत्युलोक, पाताललोक) सात स्वर दश दिशाहरु, काल –भूत, वर्तमान तथा भविष्य) यिनीहरुले सधै सबैका लागि मंगल गरुन् ।) 
रत्नाकरधौतपदां हिमालयकिरीटिनीम् । 
ब्रम्हाराजर्षि रत्नाढ्यां वन्दे भूमिमातरम् ।।३।। 
(अमूल्य रत्नहरुले भरिएको रत्नाकर समुद्र जसको चरण धुन्छ । जसको शिरमा हिमालयरुपी मुकुट शोभायमान छ । जो आफ्नो अनेक ब्रद्मर्षि र राजर्र्षि पुत्ररत्नहरुले समृद्धशाली छिन्, यस्ती भूमि मातालाई म वन्दन गर्दछु ।)
महेन्द्रो मलयः सह्यो, देवात्मा हिमालय
ध्येयौ रैवतको विन्ध्यो, गिरिश्चारावलिस्तथा ।।४।।
महेन्द्र पर्वत –भारतको उडीसामा), मलयगिरि (चन्दनका लागि प्रसिद्ध, मैसूरमा), सह्याद्रि (पश्चिमी घाट), देवताहरुको आत्मास्वरुप हिमालय पर्वत शृंखला, रैवतक (कठियावाडमा, गिरनार), विन्ध्याचल तथा अरावली पर्वत (भारतको राजस्थान ) ध्यान गर्न योग्य छन ।
गंगा सरस्वती सिन्धुब्रद्मपुत्रश्च गण्डकी । 
कावेरी यमुना रेवा कृष्णा गोदा महानदी ।।५।।
(पतितपावनी गंगा, सरस्वती, सिन्धु, ब्रद्मपुत्र, गण्डकी, कावेरी, यमुना, रेवा (नर्मदा) कृष्णा, गोदावरी तथा महानदी यी सबै प्रमुख नदीहरु ध्यान, स्नान तथा आचमन गर्न योग्य छन् ।)
कोशी नारायणी मेची राप्ती भेरी च वाग्मती । 
महाकाली प्रणम्यन्ते, कर्णाली काली गण्डकी ।।६।। 
(कोशी, नारायणी, मेची, राप्ती, भेरी, वाग्मती, महाकाली, कर्णाली, काली–गण्डकी नदीहरु प्रणम्य एवं पुण्य दायिनी छन् ।) 
अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका । 
बैशाली, द्वारिका ध्येया, पुरी, तक्षशिला, गया ।।७।। 
(अयोध्या नगरी, मथुरा नगरी, माया (हरिद्वार), काशी, काञ्ची,अवन्तिका (उज्जैन), बैशाली, द्वारिका, जगन्नाथपुरी, तक्षशिला एवं गया यी सबै पवित्र नगरीहरु निवास एवं ध्यान गर्न योग्य छन् ।) 
मुक्तिनाथं जगन्नाथं वराहक्षेत्रमेव च । 
गुह्येश्वरी स्वयंभूश्च नाथः पशुपतिस्तथा ।।८।। 
(मुक्तिनाथ, जगन्नाथ, वराहक्षेत्र, गुह्येश्वरी, स्वयंभू एवं पशुपतिनाथ पूजनीय, दर्शनीय एवं कल्याणकारी छन् ।)
प्रयागः पाटलीपुत्रं विजयानगरं महत् ।
इन्द्रप्रस्थं सोमनाथः तथाऽमृतसरः प्रियम् ।।९।।
तीर्थराज प्रयाग, पाटलीपुत्र, महान विजयनगर (दक्षिणमा तुंगभद्र किनारमा), इन्द्रप्रस्थ (दिल्ली), सोमनाथ (गुजरात) तथा अमृतसर यी सबै नगरहरु प्रिय तथा स्मरणीय छन् ।
चतुर्वेदाः पुराणानि सर्वोपनिषदस्तथा । 
रामायणं भारतं च गीता सद्दर्शनानि च ।।१०।। 
(चारै वेद (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) अठार पुराण, सबै उपनिषद् (वेदको अध्यात्मिक ज्ञानको भाग) रामायण, महाभारत तथा भागवत गीता एवं श्रेष्ठ दर्शनशास्त्र यी सबै ग्रन्थ पठनीय, मननीय र कल्याणकारी छन् ।)
जैनागमस्त्रिपिटकाः गुरुग्रन्थःसतां गिरः । 
एशः ज्ञानविधिःश्रेष्ठःश्रद्धेयो हृदि सर्वदा ।।११।। 
(जैन सम्प्रदायको प्रमाणभूत ग्रन्थ जैनआगम, त्रिपिटक (बौद्धमतको प्रमाणभूत तीन भाग विनय, सुत, अभिद्यम्य) गुरुग्रंथ साहेब र संतहरुका वाणी यी हिन्दू समाजका श्रेष्ठ ज्ञानकोष हुन् । यिनीहरुप्रति हृदयमा सधै श्रद्धाभाव राख्नुपर्छ ।) 
अरुन्धत्यनुसूया च सावित्री जानकी सती । 
द्रौपदी कण्णगी गार्गी मीरा दुर्गावतीस्तथा ।।१२।। 
(अरुन्धती (वशिष्ठ पत्नी) अनुसूया (अत्रिपत्नी) सावित्री (सत्यवानकी पत्नी) र सीताजी आदि सतीहरु, द्रौपदी, कण्णगी, गार्गी, मीरा तथा दुर्गावती ।)
लक्ष्मीरहल्या चेन्नमा रुद्रमाम्बा विक्रममा ।
निवेदिता शारदा च प्रणम्या मातृदेवताः ।।१३।।
लक्ष्मीबाई, अहल्याबाई होलकर, चेन्नमा आदि पराक्रमी नारीहरु, भगिनी निवेदिता (स्वामी विवेकानन्दकी शिष्या ) तथा शारदा (स्वामी रामकृष्ण परमहंसकी पत्नी), मातृस्वरुपा हुन्, वन्दनीय छन् ।
श्री रामो भरतः कृष्णो भीष्मो धर्मस्तथार्जुनः । 
मार्कण्डेयो हरिश्चन्द्रः प्रह्लादो नारदो ध्रुवः ।।१४।।
(भगवान श्रीराम, भरत, श्रीकृष्ण, भीष्मपितामह, धर्मराज युधिष्ठिर, अर्जुन, मार्कण्डेय ऋषि, महाराज हरिश्चन्द्र, भक्त प्रल्हाद, देवर्षि नारद तथा भक्तशिरोमणि ध्रुव ।)
हनुमान् जनको व्यासो वशिष्ठश्च शुको बलिः । 
दधीचि विश्वकर्माणौ पृथुवाल्मीकि भार्गवाः ।।१५।। 
(हनुमान, राजा जनक, वेदव्यास, वशिष्ठ, शुकदेव, राजा बलि महर्षि दधीचि, विश्वकर्मा महाराज पृथु, महर्षि वाल्मीकि र भार्गव (परशुराम) । 
भगीरथश्चैकलव्यो मनुर्धन्वन्तरिस्तथा । 
शिविश्च रन्तिदेवश्च पुराणोद्गीतकीर्तयः ।।१६।। 
(महाराज भागीरथ, एकलव्य, महाराज मनु र आयुर्वेदशास्त्रका प्रवर्तक धन्वन्तरि, राजा शिवि तथा रन्तिदेव, जसको कीर्ति पुराणहरुमा गाइएको छ ।) 
बुद्धा जिनेन्द्रा गोरक्षः पाणिनिश्च पतञ्जलिः । 
शंकरो मध्वनिम्बार्कौ श्री रामानुजबल्लभौ ।।१७।। 
(महात्मा गौतमबुद्ध, महावीर स्वामी, गुरु गोरखनाथ, महर्षि पाणिनि पतञ्जलि, शंकराचार्य, मध्वाचार्य, निम्बार्काचार्य, रामानुजाचार्य तथा बल्लभाचार्य ।) 
पृथ्वीनारायणं देवं हिन्दू वानेति वादिनम् 
त्रिभुवनं च राजेन्द्रं तथैवामरसिंह च ।।१८।। 
(राजश्रेष्ठ श्री ५ पृथ्वीनारायण शाह, राष्ट्रपिता श्री ५ त्रिभुवन वीरविक्रम शाह एवं वीर अमरसिंह हिन्दू राज्यलाई उन्नतशील बनाउने राष्ट्रका गौरव हुन् ।) 
भानुभक्तं लेखनाथं लक्ष्मीप्रसाद नामकम् । 
वयं स्मरामः सततं त्रीनेतान् महतः कवीन् ।।१९।। 
(भानुभक्त, लेखनाथ एवं लक्ष्मीप्रसाद देवकोटा यी तीन महान कविहरुलाई सततः स्मरण गर्दछौ ।)
झुलेलालोऽथ चैतन्यः तिरुवल्लुवरस्तथा । 
नायन्मारालवारश्च कम्बश्च बसवेश्वरः ।।२०।। 
(झुलेलाल (दशौ शताब्दीका सिन्ध प्रान्तका एक वंद्यपुरुष जसले हिन्दूको सामूहिक धर्मान्तरण बचाएका थिए) । चैतन्य महाप्रभु, तिरुवल्लुवर, नायन्मार र आलवारका सन्यासीहरुको परम्परा, कम्ब तथा बसवेश्वर ।) 
देवलो रविदासश्च कबीरो गुरुनानकः । 
नरसिस्तुलसीदासो दशमेशो दृढब्रत ।।२१।। 
(महर्षि देृवल, सन्त रविदास, महात्मा कबीर, गुरुनानक, नरसी मेहता तुलसीदास तथा दृढव्रती गुरुगोविन्द सिंह ।)
श्रीमद् शंकरदेवश्च बन्धु सायणमाघवौ । 
ज्ञानेश्वरस्तुकारामो, रामदासः पुरन्दरः ।।२२।। 
(सम्माननीय शंकर देव, भ्राता सायणाचार्य, तथा मधावाचार्य, संत ज्ञानेश्वर, संत तुकाराम, समर्थ रामदास तथा 
पुरन्दरदास ।)
बिरसा सहजानन्दो रामानन्दस्तथा महान् ।
वितरन्तु सदैवैते दैवीं सद्गुणसम्पदम् ।।२३।।
विरसा मुन्डा, स्वामी सहजानन्द, रामानन्द आदि महान पुरुष सदैव समाजलाई श्रेष्ठ गुणहरु प्रदान गरुन् ।
भरतर्षिः कालिदासः श्रीभोजो जकणस्तथा ।
सूरदासस्त्यागराजो रसखानश्च सत्कविः ।।२४।।
नाट्यशास्त्रका आचार्य भरत ऋषि, महाकवि कालिदास, राजा भोज, जकणाचार्य, सूरदास, त्यागराज, रसखान (मुस्लिम कृष्णभक्त कवि)
अगस्त्यः कम्बु कौण्डिन्यौ राजेन्द्रश्चोल वंशजः ।
अशोकः पुश्यमित्रश्च खारवेलः सुनीतिमान् ।।२५।।
अगस्त्य ऋषि, कम्बु स्वम्भुव, कौण्डिन्य, राजेन्द्र चोल, सम्राट अशोक, पुष्यमित्र शुंग, राम्रो नीति भएका खारवेल ।
चाणक्यचन्द्रगुप्तौ च विक्रमः शालिवाहनः । 
समुद्रगुप्तः श्रीहर्षः शैलेन्द्रो बप्परावलः ।।२६।। 
(चाणक्य, सम्राट चन्द्रगुप्त, विक्रमादित्य, शालिवाहन, समुद्रगुप्त, हर्षबद्र्धन, शैलेन्द्र तथा बप्पारावल ।
वैज्ञानिकाश्च कपिलः कणादः सुश्रुतस्तथा । 
चरको भास्कराचार्यो वराहमिहिरः सुधीः ।।२७।। 
(कपिल, कणाद, सुश्रुत, भास्कराचार्य तथा उत्तम बुद्धि भएका वराहमिहिर यी सबै प्राचीन वैज्ञानिक हुन् ।)
नागार्जनो भरद्वाज आर्यभट्टो वसुर्बुधः ।
ध्येयो वेङकटरामश्च विज्ञा रामानुजादयः ।।२८।।
नागार्जन, भरद्वाज ऋषि आर्यभट्ट, जगदीशचन्द्र वसु, चन्द्रशेखर, वेंकटरमण, रामानुजन् ध्यान गर्न योग्य र प्रेरक वैज्ञानिक विद्वान् हुन् ।
रामकृष्णो दयानन्दो रविन्द्रो राममोहनः ।
रामतीर्थोऽतो रविन्दश्च विवेकानन्द उद्यशाः ।।२९।।
स्वामी रामकृष्ण परमहंस, आर्य समाजका संस्थापक महर्षि दयानन्द सरस्वती, रविन्द्रनाथ ठाकुर, राजा राममोहन राय, स्वामी रामतीर्थ, महर्षि अरविन्द तथा स्वामी विवेकानन्द यी सब उत्कृष्ट यश भएका महापुरुष हुन ।
संघशक्तिप्रणेतारौ केशवो माधवस्तथा । 
स्मरणीयाः सदेवैते नवचैतन्यदायकाः ।।३०।। 
(संघ शक्ति प्रणेता पु.केशव बलिराम हेडगेवार तथा परम पूजनीय माधव सदाशिव गोलवलकर आदि हिन्दू समाजलाई सतत् नव चेतना प्रदान गर्ने यी महापुरुष सर्वदा स्मरणीय छन् ।) 
अनुक्ता ये भक्ताः प्रभुचरणसंसक्तहृदयाः 
अनिर्दिष्ट वीरा अधिसमरमुध्वस्तरिपवः । 
समाजोद्धर्तारः सुहितकरविज्ञाननिपुणाः 
नमस्तेभ्योऽ भूयात् सकलसुजनेभ्यः प्रतिदिनम् ।।३१।। 
(प्रभु चरणविन्दमा तल्लीन रहने यस्ता अनेक भक्त छन् जसको नाम यस स्तोत्रमा हुन पाएको छैन, यस्तै प्रकार देशको अस्मिता र अखण्डता उपर प्रहार गर्नेहरुलाई जसले युद्ध भूमिमा समूलोच्छेद गरे यस्ता धेरै शूरवीरहरुका नाम ज्ञान छैन तथा अन्य अनेक समाजको हितचिन्तक तथा विज्ञानमा पारंगत जति पनि श्रेष्ठ पुरुषहरु छन् उनीहरु सबैप्रति हाम्रो प्रतिदिन श्रद्धापूर्वक प्रणाम छ ।) 
इदमेकात्मतास्तोत्रं श्रद्धया यः सदा पठेत् । 
स राष्ट्रधर्मनिष्ठावान् अखण्डं वीर्यवान् भवेत् ।।३२।।्
(राष्ट्रधर्ममा निष्ठा राख्दै यस एकात्मता स्तोत्रलाई जो प्रतिदिन श्रद्धापूर्वक पाठ गर्दछ । यस्तो व्यक्ति सर्वदा अखण्ड मातुभूमिको स्मरण योग्य रहन्छ ।) 
हिन्दू धर्मको जय ।
नेपाल आमाको जय ।।

५. एकता मन्त्र 
यं वैदिका मन्त्रदृशः पुराणा इन्द्रं यमं मातरिश्वानमाहुः । 
वेदान्तिनोऽनिर्वचनीयमेकं यं ब्रद्मशब्देन विनिर्दिशन्ति ।। 
शैवा यमीशं शिव इत्यवोचन् यं वैष्णवा विष्णुरितिस्तुवन्ति । 
बुद्धस्तथाऽर्हन्निति बौद्धर्जैनाः सत् श्री अकालेति च सिक्खसन्तः 
शास्तेति केचित प्रकृति कुमारः स्वामीति मातेति पितेति भक्त्या 
यं प्रार्थयन्ते जगदीशितारं स एक एव प्रभुरद्वितीयः ।। 
(प्राचीन कालका मंत्रदृष्टा ऋषिहरुले जसलाई इन्द्र, यम, मातरिश्वान् भनेर पुकारे । जो एक अनिर्वचनीयलाई वेदान्ती ब्रद्म शब्दले निर्देश गर्दछन् । 
शैव जसलाई शिव र वैष्णव जसलाई विष्णु भनेर स्तुति गर्दछन् । बौद्ध र जैन जसलाई बुद्ध र अर्हन्त भन्दछन् तथा सिख संत जसलाई सत् श्री अकाल भनेर पुकार्दछन् । 
यस जगतका स्वामी जस्लाई कसैले शास्त कसैले कुमार स्वामी भन्दछन् भने कोही जसलाई स्वामी, माता–पिता भनेर भक्तिपूर्वक प्रार्थना गर्दछन् । उनै प्रभु एकै छन् र अद्वितीय छन् । अर्थात उनको दोस्रो कुनै रुप छैन ।) 

६. विजय महामन्त्र 
श्रीराम जय राम जय जय राम १३ पटक ।
 
७. बुद्ध वन्दना 
बुद्धं शरणं गच्छामि 
धम्मं शरणं गच्छामि 
संघं शरणं गच्छामि 
(बुद्धको शरणमा जान्छु, धर्मको शरणमा जान्छु, संघको शरणमा जान्छु ।) 

८. ईश्वर वन्धुत्व मन्त्र 
त्वमेव माता च पिता त्वमेव 
त्वमेव बन्धुश्च सखा त्वमेव । 
त्वमेव विद्या द्रविणं त्वमेव 
त्वमेव सर्वं मम देव देव ।। 
(हे ईश्वर, तिमी नै माता, तिमी नै पिता हौ, तिमी नै साथी संगी, तिमी नै विद्या अनि धन हौ, । हे देवताहरुका देव, तिमी नै सर्वस्व हौ ।) 
९. प्रेरणा मन्त्र 
ॐ असतोमा सद्गमय 
तमसोमा ज्योतिर्गमय 
मृत्योर्मा अमृतं गमय 
(हे ईश्वर, मलाई असत्यबाट सत्यतिर लैजाउ, अंधकारबाट प्रकाशतिर लैजाउ, मृत्युबाट अमरता तिर लैजाउ ।) 

१०) शुभकामना मन्त्र 
सर्वे भवन्तु सुखिनः 
सर्वे सन्तु निरामयाः 
सर्वे भद्राणि पश्यन्तु 
मा कश्चिद दुःख भाग् भवेत् ।। 
(सबै सुखी होउन् सबै निरोगी होउन् सबैले एक अर्कालाई भलो सम्झुन् कसैले पनि दुःख नपाउन् ।) 

११) संगठन मन्त्र 
ॐ संगच्छध्वं संवदध्वं संवो मनांसी जानताम् 
देवाभागं यथा पूर्वे संजानाना उपासते ।। 
(प्रेमले मिलेर जाऔं, मिलेर बोलौं, सदा ज्ञानी बनी, पूर्वजहरु जस्तै हामी पनि कर्तव्यवान बनौं ।) 

१२) श्रीराम स्तोत्र 
श्री रामचन्द्र चरणौं मनसा स्मरामि 
श्री रामचन्द्र चरणौ वचसा गृणामि 
श्री रामचन्द्र चरणौ शिरसा नमामि 
श्री रामचन्द्र चरणौ शरणं प्रपद्ये । 

१३) एक मालाको जप १०८ पटक 
१४) श्रीराम स्तुति 
श्री राम, रामेति, रामेति, रमे रामे मनोरमे, सहस्रनाम तत् तुल्यम् राम नाम वरानने । 

१५. श्रीहनुमानचालीसा 
श्रीगुरु चरण सरोज रज, निज मनु मुकुर सुधारि । 
बरनउँ रघुबर बिमल जसु, जो दायकु फल चारि ।। 
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन(कुमार । 
बल बुद्धि बिद्या देहु मोहि, हरहु कलेश बिकार ।। 
चौपाई
जय हनुमान ज्ञान गुन सागर । जय कपीस तिहुँ लोक उजागर ।। 
राम दूत अतुलित बल धामा । अंजनि-पुत्र पवनसुत नामा ।। 
महाबीर विक्रम बजरंगी । कुमति निवार सुमति के संगी ।। 
कंचन वरन विराज सुवेसा । कानन कुंडल कुंचित केसा ।। 
हाथ बज्र और ध्वजा बिराजै । काँधे मूँज जनेउ साजै ।। 
संकर सुवन केसरीनंदन । तेज प्रताप महा जग बंदन ।। 
विद्यावान गुनी अति चातुर । राम काज करिवे को आतुर ।। 
प्रभु चरित्र सुनिबे को रसिया । राम लखन सीता मन बसिया ।। 
सूक्ष्म रुप धरि सियहिं दिखावा । विकट रुप धरि लंक जरावा ।। 
भीम रुप धरि असुर सँहारे । रामचन्द्र के काज सँवारे ।। 
लाय सजीवन लखन जियाये । श्रीरघुवीर हरषि उर लाये ।। 
रघुपति कीन्ही बहुत बडाई । तुम मम प्रिय भरतहि सम भाई ।। 
सहस बदन तुम्हरो जस गावैं । अस कहिं श्रीपति कंठ लगावैं ।। 
सनकादिक ब्रद्मदि मुनीसा । नारद सारद सहित अहीसा ।। 
जम कुबेर दिगपाल जहाँ ते । कबि कोबिद कहि सके कहाँ ते ।। 
तुम उपकार सुग्रीवहिं कीन्हा । राम मिलाय राज पद दीन्हा ।। 
तुम्हरो मंत्र बिभीषन माना । लंकेस्वर भए सब जग जाना ।। 
जुग सहस्र जोजन पर भानू । लील्यो ताहि मधुर फल जानू ।। 
प्रभु मुद्रिका मेलि मुख माहीं । जलधि लाँधि गये अचरज नाही ।। 
दुर्गम काज जगत के जेते । सुगम अनुग्रह तुम्हारे तेते ।। 
राम दुआरे तुम रखवारे । होत न आज्ञा बिनु पैसारे ।। 
सब सुख लहै तुम्हारी सरना । तुम रक्षक काहू को डरना ।। 
आपन तेज सम्हारो आपै । तीनों लोक हाँक तें काँपे ।। 
भूत पिशाच निकट नहिं आवै ।। महावीर जब नाम सुनावै ।। 
नासै रोग हरै सब पीरा । जपत निरंतर हनुमत बीरा ।। 
संकट ते हनुमान छुडावै । मन क्रम बचन ध्यान जो लावेै ।। 
सब पर राम तपस्वी राजा । तिन के काज सकल तुम साजा ।। 
और मनोरथ जो कोइ लावै । सोइ अमित जीवन फल पावै ।। 
चारों जुग परताप तुम्हारा । है परसिद्ध जगत उजियारा ।। 
साधु सन्त के तुम रखवारे । असुर निकंदन राम दुलारे ।। 
अष्ट सिद्धि नौ निधिके दाता । अस बर दीन जानकी माता ।। 
राम रसायन तुम्हरे पासा । सदा रहो रधुपति के दासा ।। 
तुम्हरे भजन राम को पावै । जनम जनम के दुस्ख बिसरावै ।। 
अंतकाल रघुबर पुरजाई । जहाँ जन्म हरि–भक्त कहाई ।।
और देवता चित्त न धरई । हनुमत सेइ सर्ब सुख करई ।। 
संकट कटे मिटै सब पीरा । जो सुमिरै हनुमत बलबीरा ।। 
जै जै जै हनुमान गोसाई ।। कृपा करहु गुरु देव की नाई ।। 
जो सत बार पाठ कर कोई । छूटहि बंदि महा सुख होई ।। 
जो यह पढै हनुमान चालीसा । होय सिद्धि साखी गौरीसा ।। 
तुलसीदास सदा हरि चेह्रा । कीजै नाथ हृदय महाँ डेरा ।। 
दोहा
पवनतनय संकट हरन, मंगल मूरति रुप् । 
राम लखन सीता सहित, हृदय बसहु सुर भूप । 
सियावर रामचन्द्र भगवानको जय 
उमापति महादेवको जय 
पवन सुत हनुमान को जय

१६. पूर्णता (विसर्जन) मन्त्रः 
ॐ पूर्णमदः पूर्णमिदं 
पूर्णात् पूर्णमुदच्यते । 
पूर्णस्य पूर्णमादाय 
पूर्णमेवा वशिष्यते ।। 
ॐ शान्तिः शान्तिः शान्तिः । 
(परमात्मा पूर्ण छन् अतः पूर्ण परमात्माबाट सृष्टि भएको जगपनि पूर्ण छ किनकि पूर्णबाट सृजित हर बस्तु पूर्ण नै हुन्छ । पूर्ण परमात्माबाट पूर्ण लिए पनि पूर्ण नै बाँकी रहन्छ ।) 

१७. जय घोष 
सच्चिदानन्द भगवानको–जय 
नेपाल आमाको–जय 
गौ माताको –जय 
गंगा माताको –जय । 
श्री रामचन्द्र भगवानको–जय 
श्री कृष्ण भगवानको–जय 
श्री बुद्ध भगवानको–जय 
श्री जानकी माताको–जय 
श्री मुक्तिनाथ धामको– जय 
श्री काशी विश्वनाथको–जय 
श्री पशुपति नाथको –जय 
श्री पवनसुत हनुमानको –जय 
बोलौं सब सजनको– जय 
बोलौं सव भक्तजनको –जय 
सत्य सनातन हिन्दू धर्मको –जय 
धर्मको– जय होस् 
अधर्मको – नास होस् 
प्राणीहरुमा – सद्भाव होस् 
विश्वको – कल्याण होस् 
गौवंश हत्या– बन्द होस् 
धर्मान्तरण– बन्द होस् 
नेपाल– हिन्दू राष्ट्र होस् । 
ॐ हर हर महादेव !!!

१८. ध्येय वाक्यः 
हामी नेपाल आमाको सन्तान हौं, 
आज आमाको आँखामा आँसु छ 
हामी आमाको आँसु पुछ्ने छौ 
हामी धर्तीको तागत जगाउने छौ, 
हामी देशलाई सुखी बनाउनेछौ । 

१९. पंञ्चाङ्ग (साल, महिना, तिथि वार र गते) 
२०. दोहा चौपाई 
२१. संघ प्रार्थना 
नमस्ते सदा वत्सले मातृमूमे 
त्वया हिन्दूभूमे सुखम् वर्धितोहम् 
महामंगले पुण्यभूमे त्वदर्थे 
पतत्वेषकायो नमस्ते नमस्ते ।।१।। 
भावार्थः– (हे वत्सलमयी मातृभूमि, तिमीलाई म अनवरत् प्रणाम गर्दछु । हे हिन्दूभूमि, तिमीले नै मलाई सुखपूर्वक बढायौ । हे महामङ्गलमयी पुण्यभूमि, तिम्रा लागि मेरो यो शरीर अर्पित छ । म तिमीलाई अनन्त पटक प्रणाम गर्दछु । ।।१।।) 
प्रभो शक्ति मन्हिन्दू राष्टाङ्गभूता 
इमे सादरन् त्वान् नमामोवयम् 
त्वदीयाय कार्याय बद्धा कटीयम् 
शुभामाशिषन् देहि तत्पूर्तये । 
अजय्याञ्च विश्वस्य देहीश शक्तिम् 
सुशीलञ् जयद्येन नम्रं भवेत् 
श्रुतञ् चैव यत्कण्टकाकीर्णमार्गम् 
स्वयम् स्वीकृतन् नस् सुगङकारयेत् ।।२।। 
भावार्थः– (हे सर्वशक्तिमान् परमेश्वर, यस हिन्दू राष्टका अंगभूत घटक हामी तिमीलाई आदरपूर्वक प्रणाम गर्दछौं। तिम्रै कार्यका निम्ति हामीले कम्मर कसेका छौं । यस कार्यपूर्तिका लागि हामीलाई शुभ आशीर्वाद देऊ । विश्वका निम्ति ज्ुन अजेय छ त्यस्तो शक्ति ( सम्पन्न जसबाट विनम्र ह्न्छ, त्यस्तो विशुद्ध शील तथा विचारपूर्वक स्वीकृत हाम्रो कण्टकमय मार्ग सुगम बनाउने यस्तो ज्ञान पनि हामीलाई प्रदान गर ।।२।।) 
समुत्कर्ष निश्श्रेयसस्यैकमुग्रम् 
परंसाधनम् नाम वीर व्रतम् 
तदन्तस् स्फुरत्क्क्षया ध्येयनिष्ठा 
हृदन्तस्प्रजागर्तु तीव्रा निशम् 
विजेत्री च नस् संहता कार्यशक्तिर् 
विधायस्य धर्मस्य संरक्षणम् 
परवँ् वैभवन्नेतु मेतत् स्वराष्ट्रम् 
समर्था भवत्वाशिषा ते भृशम् ।।३।। 
हिन्दू धर्मको जय।
नेपाल आमाको जय।।
भावार्थः– (अभ्युदयसहित निस्श्रेयस प्राप्ति निम्ति वीरव्रत नामको जुन एकमात्र श्रेष्ठ, उग्र साधन छ, त्यो हाम्रो अन्तस् करणमा स्फुरण होस् । हाम्रो हृदय सदैव अक्षय तथा तीव्र ध्येय निष्ठा जाग्रत भैरहोस् । तिम्रो आशीर्वादबाट हाम्रो विजयशालिनी सङ्गठित कार्यसशक्ति स्वधर्मको रक्षा गरी हाम्रो यस राष्ट्रलाई परम वैभवको उच्च स्थितिमा पु¥याउन पूर्ण समर्थ होस् ।) 

भोजन मन्त्र
ॐ ब्रद्माणं ब्रद्म हविब्र्रद्माग्नौ ब्रद्मणा हुतम् । 
ब्रह्मैव तेन गन्तव्यं ब्रद्मकर्म समाधिना ।। (गीता) 
(जो आपूmले आफैलाई ईश्वरीय प्रेरणाले लागेको कारण ईश्वर (ब्रद्मरुपी अग्निमा, ब्रद्मरुपी आहुतिलाई ईश्वर कै उद्देश्य अनुसार हवन गर्दै आएको छ । त्यही ब्रद्म, सेवा र त्यागले युक्त यज्ञरुपी कर्ममा केही फरक छैन । त्यो एक नै छ । यस्तो ब्रद्मनिष्ठ बुद्धि भएपछि उसलाई स्वयं ब्रद्म पद कै प्राप्ति हुनेछ ।) 
ॐ सहना ववतु । सहनौ भुनक्तु । सह वीर्यं करवावहै । 
तेजस्विनावधीतमस्तु मा विद्विषवहै ।। 
ॐ शान्तिः । शान्तिः ।। शान्तिः ।।। 
(कृष्ण यजुर्वेद उपनिषद)
(हामी दुवै –गुरु र शिष्य, आफ्नो धर्म, संस्कृति, ज्ञान–विज्ञान आदि साथ साथ मिलेर रक्षा र आर्जन गर्ने कार्य गरौ । हामी दुबै संगै मिलेर अन्न आदि भोग (खानु) गरांै । हे परमेश्वर ! हाम्रो आफ्नो व्यक्तिगत जीवनमा तथा आफ्नो राष्ट्रमा र सम्पूर्ण विश्वमा सर्वत्र शान्ति होस् ।)

आरती
ॐ जय जगदीश हरे, प्रभु जय जगदीश हरे 
भक्त जनोके संकट क्षणमे दुर करे ।। ॐ जय ।। 
जो ध्यावै फल पावै, दृुःख विनशे मनका ।। 
सुख सम्पति घर आवे, कष्ट मिटे तनका ।।ॐ जय ।। 
माता पिता तुम मेरे शरण गहुँ किसकी ।। 
तुम विन और न दुजा आस करुँ किसकी ।। ॐ जय ।। 
तुम पूरण परमात्मा तुम अन्तर्यामी । 
पारब्रद्म परमेश्वर तुम सव के स्वामी ।। ॐ जय ।। 
तुम करुणा के सागर तुम पालन कर्ता । 
मै सेवक तुम स्वामी कृपा करो भर्ता ।। ॐ जय ।। 
तुम हो एक अगोचर सव के प्राणपति । 
किस विधि मिलु दयामय दो मुझको सुमति ।। ॐ जय ।। 
दीन वन्धु दृुःख हरता तुम रक्षक मेरे । 
अपने हाथ उठाओ, द्वार पडा तेरे ।। ॐ जय ।। 
विषय विकार मिटाओ, पाप हरो देवा । 
श्रद्धा भक्ति वढाओ सन्तन की सेवा ॐ जय ।। 
तन, मन, धन यह जीवन सव कुछ हे तेरा 
तेरा तुझको अर्पण क्या लागे मेरा । ॐ जय ।। 
ॐ जय जगदीश हरे. ...............

केही दोहा÷चौपाईहरुः 
१. मंगल भवन, अमंगल हारी । 
द्रवऊ सो दशरथ अजिर विहारी ।।। राम सियाराम सियाराम जयजय राम । 

२. मंगल मूरति मारुति नन्दन ऽऽऽ । 
सकल अमंगल मूल निकन्दन ।। 

३. तुलसी तुलसी सव कहे, तुलसी वनके घाँस । 
कृपा हुई जव रामके वनगई तुलसीदास ।। 

४. वडा हुवातो क्या हुवा– जैसे पेड खजुर 
पंथीको छाया न मिले फल लागे अतिदुर 

५. बडे वडाई ना करे वडे ना वोले वोल 
हीरा मुखसे ना कहे लाख हमारा मोल ... 

६. निर्मल मन जन सो मोहि पावा 
मोहि कपट छल छिद्र न भावा 

७. सोई सेबक प्रिय तम मम् सोई । 
मम अनुशासन मान हि ज्योहि । 

८. माता पिता गुरु प्रभुकी वाणी 
विनहिं विचार करिअ शुभ जानी 

९. चार बेद छ शास्त्र मे वात मिलि हे दोय । 
दुःख दिने दुःख होत है सुख दिने सुख होय ।। 

१०. रघुकुल रीति सदा चली आई । 
प्राण जाये पर बचन न जाये ।। 

११. गुरु गोबिन्द दो खडे काके लागो पाय । 
वलिहारी गुरु आपने गोबिन्द दियो बताय ।। 

१२. कौन सो काज कठिन जगमाही । 
जो नहि होत तात तुम पायी ।। 

१३. भीड पडे तो भक्त पुकारे । 
दुर करो प्रभु दुःख हमारे ।। 

१४. अपने मनको मारकर कभि न करना हिन । 
मानवका वह धर्म है रहे कार्य मे लिन ।। 

१५. नहाये धोये क्या हुवा जो मन मैल न जाये । 
मिन सदा जलमे रहे धोये वासना जाये ।। 

१६. रावन साधु भेषमा आये भुखने मुझको वहुत सताये 
भिक्षा दो यह धरमके काम ।। 

१७. पत्ता टुटा डाल से ले गई पवन उडाई । 
अब के विछडे कव मिले दुर पडेगें जाई ।। 

१८. विनु सत्संग विवेकन होयी । 
राम कृपा विनु शुलभ न सोयी ।। 

१९. कलियुग केवल नाम आधारा । 
सुमरी–सुमरी नर उत्तरही पारा ।। 

२०. पर हित शरीस धरम नहि भाई । 
पर पिडा सम नहि अधमाई ।। 

केही सुभाषितहरु
१. हिन्दवा सहोदरा सर्वे न हिन्दू पतितो भवेत् 
मम दीक्षा हिन्दू रक्षा मम मन्त्र समानता 
(अथर्ःः– सबै हिन्दूहरु सहोदर दाजुभाई हुन, कुनै पनि हिन्दू अछुत हुदैन, मेरो दीक्षा हिन्दू रक्षाको लागि हो मेरो मन्त्र समानताको लागि हो ।) 
२. अपि स्वर्णमयी लंका नमे लक्ष्मण रोचते 
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी 
(अर्थः– हे लक्ष्मण यो सुनै–सुनको लंका भन्दा आपूmलाई जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान मानिन्छ ।) 
३. अमन्त्रम् अक्षरं नास्ति, नास्ति मूलं चं अनौषधम् 
अयोग्य पुरुषो नास्ती योजकस्तत्रः दुर्लभः 
(अर्थः–कुनै पनि अक्षर विनाको मन्त्र हुदैन, औषधि विनाको वनस्पति हुदैन कुनै पनि मानिस अयोग्य हुदैन केवल योजना गर्ने मानिसको अभाव हुन्छ ।) 
४. विध्नं केचित्तु निन्दन्ती, कश्चिदन्यन्त्र गच्छति 
साधक विहन मुटपाट्य सुखं कृतिंच विन्दति । 
(अर्थः– कोही मानिसहरु विघ्न वाधाहरुको निन्दा गर्दछन्, कोही त मार्ग नै वदलदछन् तर जो सच्चा साधक हुन्छ विघ्न वाधाहरुलाई जरैदेखि उखेलेर फाल्छन र सुख कृति प्राप्त गर्दछन् ।)

सूर्य नमस्कार–मन्त्र 
ध्येयः सदा सवितृमण्डल मध्यवर्ती 
नारायणः सरसिजासन, सन्निविष्टः 
केयूरवान् मकर–कुण्डलवान् किरीटी 
हारी हिरण्मयवपुधृत–शंख–चक्र ।। 
१. ॐ मित्राय नामः ७. ॐ हिरण्यगर्भाय नमः 
२. ॐ रवये नमः ८. ॐ मरीचये नमः 
३. ॐ सूर्याय नमः ९. ॐ आदित्याय नमः 
४. ॐ भानवे नमः १०. ॐ सवित्रे नमः 
५. ॐ खगाय नमः ११. ॐ अर्काय नमः 
६. ॐ पूष्णे नमः १२. ॐ भास्कराय नमः 
१३. ॐ श्री सवितृसूर्यनारायणाय नमः 
आदित्यस्य नमस्कारान् ये कुर्वन्ति दिने दिने । 
आयुःप्र्रज्ञाबलंवीर्यं तेजस्तेषां च जायते ।। 
अकालमृत्यहरणं सर्वव्याधिविनाशनम् ।। 
सूर्यपादोदकंतीर्थं जठरे धारयाम्यहम् ।।

आचार विभाग

शाखा प्रारम्भ 

मुख्य शिक्षकले सीटी (–०–०) बजाउने 

साथ सबै स्वयंसेवक एक आपसमा कुराकानी बन्द गरेर सघंंस्थानको पछाडि ध्वजभिमुख भएर आरममा उभिन्छन् । 
१. संघ दक्ष 
२. आरम 
३. अग्रेसर सम्यक 
४. अग्रेसर आरम् 
५. संघ संपत् 
६. संघ दक्ष 
७. संघ सम्यक 
८. अग्रेसर अर्धवृत 
९. संघ आरम्
१०. संघ दक्ष (ध्वज लाग्छ) 
११. ध्वज प्रणाम १,२,३१२. संख्या 
१३. आरम् (प्रार्थना शुरु) 
१४.सघ दक्ष(अधिकारीलाई संख्या बताउनु) 
१५. आरम 
१६. संघ दक्ष दक्षिणवृत्त गरेर अधिकारी प्रणाम गर्छन् । 
१७. स्वस्थान –गण शिक्षक 
स्वयं सेवकहरुलाई लिएर आफ्नो 
गण चलाउने ठाउँमा जान्छन् । 
शाखा समापन 
(क) सीटीको (क) संकेत (–,०००) 
अग्रेसर ध्वजका अगाडि दक्षमा सम्पन्न गर्छन् ।
१. अग्रेसर सम्यक
२. अग्रेसर आरम
(ख) सीटी –०० (संघ सम्पत)
३. अग्रेसर
४. संघ सम्यक् 
५. अग्रेसर अर्धवृत्त 
६. संख्या
७. आरम
ग) संघ दक्ष (आधिकारीलाई संख्या बताउनु) 
घ) आरम्
ङ) संंघ दक्ष 
च) सीटी (०)
(प्रार्थना शुरु)
८. ध्वज प्रणाम१,२,३ ध्वज उतारिन्छ ।
९. संघ विकिर (सबै स्वयंसेवकहरु दक्षिणवृत्त गरेर अधिकारी प्रणाम गर्छन् ।