विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह समारोह सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, December 3, 2019

विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह समारोह सम्पन्न


जनकपुरको मणिमण्डप (रामसीता विवाहस्थल) मा विश्व हिन्दु परिषद् नेपालको  आयोजना तथा व्यवस्थापनमा १ सय ८ जोडी (२१६ जना, बेहुला बेहुली सहित) लाई सामुहिक आदर्श विवाह गराइएको हो । सोमबार सामूहिक विवाह कार्यक्रमको आयोजना गरेर विवाह गराइएको हो । 



प्रत्येक जोडीको लागि छुटाछुट्टै मण्डप अर्थात मडबा बेदी बनाइएको जनाइएको छ । सामुहिक विवाहको लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेको जनाइएको छ । विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष काशिन्द्र यादवका अनुसार, जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हात खोजेर जुटाइएको छ। अंग्रेजी बाजा, रथ पनि व्यवस्थापन गरिएको छ।


विश्व हिन्दु परिषद् नेपालले  गरेको सामुहिक विवाहको आह्वानमा तराई मधेशको विभिन्न जिल्लाका बेहुला बेहुली पक्षले विवाहको लागि फारम भरेका थिए । कानुन अनुसार बेहुला बेहुलीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएकोले २० वर्ष माथिका बेहुलाबेहुलीहरुको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो ।

विवाहको नाममा लिने दाईजो (दहेज) प्रथालाई चुनौति दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो  ।



मङ्सिर १४ गते विश्व हिन्दू परिषद् नेपालले जनकपुरधाम स्थित बारहबीघा मैदानमा कन्यापूजन कार्यक्रम समेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा ७०० भन्दा बढ़ी कन्याहरुको सहभागिता रहेको थियो।