विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक-२०८१ सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, May 17, 2024

विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक-२०८१ सम्पन्न


काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न भएको छ । विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय संगठन महामन्त्रि मा. मिलिन्द पराण्डे ज्यूको नेपाल प्रवासको क्रममा आयोजित सो तीन दिवसीय बैठक काठमाण्डौ मण्डिखाटार स्थित पतंजलि योगपीठ नेपालको मुख्यालयमा वैशाख २९ गते सम्पन्न भएको छ ।

राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंहको अध्यक्षता तथा मा.मिलिन्द पराण्डे ज्यूको विशेष आतिथ्यता रहेको उक्त बैठकमा वि.हि.प. नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार सहित विभाग, सम्भाग तथा राष्ट्रिय स्तरका पदाधिकारी एवं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बैठकको उद्घाटन सत्रमा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक माननीय कल्याण कुमार तिम्सिना, राष्ट्रिय सह प्रचारक माननीय रेवित कुमार, पतंजलि योगपीठ नेपालका ट्रष्टी शालीग्राम सिंह लगायत विविध संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विविध सांगठनिक योजना सम्बन्धि निर्णय सहित विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय संगठन महामन्त्रि मा. मिलिन्द पराण्डेज्यूको विशेष उद्वोधन पश्चात बैठकको समापन भएको थियो ।