एकल विद्यालय फाउण्डेशन अफ नेपालको वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, May 22, 2024

एकल विद्यालय फाउण्डेशन अफ नेपालको वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न



जेष्ठ २, काठमाण्डौ एकल विद्यालय फाउण्डेशन अफ नेपालको वार्षिकोत्सव विशेष कार्यक्रम सम्पन्न भएको छ । ललितपुर स्थित डि.ए.भी. स्कुलको सभाहलमा काठमाण्डौ च्याप्टरका अध्यक्ष श्री अनिल कुमार केडियाको अध्यक्षतामा बुधवार आयोजित उक्त कार्यक्रमा भारतका प्रसिद्ध पाश्र्व गायक श्री अभिजीत भट्टाचार्यको प्रमुख आतिथ्य एवं विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा श्रीराम जन्मभूमि तीर्थक्षेत्र, अयोध्याधामका महामन्त्री मा. चम्पत रायको विशेष सान्निध्य रहेको थियो साथै हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक मा. कल्याण कुमार तिम्सिना, राष्ट्रिय प्रचारक मा. वेद प्रकाश ज्यू, तथा राष्ट्रिय सह–प्रचारक मा. रेवित कुमार ज्यूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा फाउण्डेशनका राष्ट्रिय पदाधिकारी सदस्य, नगर महिला समिति पदाधिकारी, सदस्य, एकल युवा टिम सदस्य, विविध संगठनका प्रतिनिधि लगायत एकल विद्यालय अभियानका करिब छ सय सहयोगीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मा. चम्पत रायज्यूले एकल अभियानले भगवानको कार्य गरिरहेको बताउदै सम्पूर्णले आ–आफ्नो स्तरबाट यस पूणित कार्यमा योगदान पु¥याउनुपर्ने बताउनु भयो साथै सम्पूर्ण सहभागीलाई श्रीराम जन्मभूमि दर्शनको लागि आह्वान गर्नु भयो ।
एकल अभियानको तर्फबाट संगठन सचिव श्री प्रल्हाद कुमार, राष्ट्रिय अध्यक्ष श्री विनोद कुमार पोद्धार तथा महासचिव श्री महाविर घिराईया ज्यूले सांगठनिक विषय–वस्तु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अभियानका काेषाध्यक्ष श्री सुनिल कुमार अग्रवालले गर्नु भएको थियो ।