विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, April 20, 2024

विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह सम्पन्न



७ वैशाख, काठमाडौं । 

विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह समारोह २०८१ सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालकाे १२ औं स्थापना दिवसको पावन उपलक्ष्यमा शुक्रबार  श्री पशुपतिनाथ मन्दिर स्थित हंस मण्डपमा  आयाेजित उक्त  सामूहिक विवाह  समारोहमा विभिन्न समुदायका २१ जाेडी वरवधुलाई शान्तिधाम आश्रमका पूज्य स्वामी ज्यूकाे आशिर्वाद प्राप्त भयाे । साथै नेपाली सिने जगतका प्रख्यात कलाकार एवं विहिपका राष्ट्रिय अध्यक्ष श्री टीका बहादुर पहारी, सुनिल थापा, धिरेन शाक्य, परिषद्का राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार, महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे तथा काठमाडौं उपाध्यक्ष शान्ता नराल लगायत मारवाडी समुदायका व्यापारी, समाजसेवीहरुकाे विशेष उपस्थिति रहेको थियाे ।

समाजसेवी महेश माेदीकाे संयाेजकत्वमा आयाेजित उक्त विवाह समारोहमा सहभागी बेहुला बेहुलीलाई विवाहका लागि आवश्यक लत्ताकपडा, साैन्दर्य सामग्री, किचन सामग्री लगायत सम्पूर्ण सरसामान नि:शुल्क दिइएको छ। कार्यक्रमकाे सहयोगी भूमिका रहेका संगठन मारवाडी समाजबाट कृष्ण कुमार गाेयल, पिंकु अग्रवाल, नेपाल बसाेबास बस्ती संरक्षण समाजबाट हुकुम बहादुर लामा, जनकल्याण प्रतिष्ठानका महासचिव महावीर घिराईया, जनजाती कल्याण आश्रम नेपालबाट मिलन भट्ट, गाैशाला धर्मशालाबाट प्रमाेद चाैधरी, पशुपति क्षेत्र विकास काेषका सदस्य बाबुशरण सुवेदी तथा राष्ट्रिय नगर महिला समितिका विमला वागडिया, सुनिता अग्रवाल, वन्दना अग्रवाल, रेखा घिराईया लगायतको उपस्थिति रहेको थियोे ।

परिषद् जनकपुरधाममा विगत ५ वर्ष देखि सामूहिक विवाह आयोजना गर्दै आएको हाे भने  परिषद्ले काठमाडौंमा पहिलोपल्ट सामूहिक विवाहको आयोजना गरेकोे हाे ।


फाेटाे :