मिलेट म्यान अफ भारत संगकाे विशेष कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

vhp+header+blue+stroked+Nepali

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, March 30, 2024

मिलेट म्यान अफ भारत संगकाे विशेष कार्यक्रम सम्पन्न


चैत १६, काठमाडौं । 

एकल विद्यालय अभियान नेपाल, नगर महिला समितिकाे  आयोजनामा मिलेट म्यान अफ भारत पद्मश्री डा.खादर वलीकाे मिलेट सेवन विधिबारेकाे विशेष कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, कालिकास्थान स्थित अमृतभाेग क्याटर्सकाे सभाहलमा चैत १६ गते शुक्रबार  दिनकाे १० बजे आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथि मिलेट म्यान अफ भारत पद्मश्री डा. खादर वली, एकल विद्यालय अभियानका पदाधिकारी, सहयोगी एवं संघ विचार परिवार संगठनका प्रतिनिधि सहित करिब ३०० जनाकाे  उपस्थिति रहेको थियोे ।  

डा. वलीले मिलेट (काेदाेजन्य) भाेजनले मानव स्वास्थ्यमा पार्ने अनुकुल प्रभाव, राेग निर्मुलिकरण आदि बारे प्रकाश पार्नु भयाे । मिलेट भाेजनलाई विशेष अन्तर्राष्ट्रिय षड्यन्त्रद्वारा हाम्राे दैनिकीबाट टाढा गरिएकोले हामीले पुनः मिलेट भाेजन अपनाउनु पर्नेमा डा. वलीले जाेड दिनु भयाे ।

 डा. खादर वली भारतका मिलेट (काेदाेजन्य) बाली अभियन्ता एवं मिलेट म्यान अफ भारतका नामले प्रख्यात छन।

हालै मिलेट भाेजनलाई जनमानसको दैनिकीमा ल्याउने प्रयास गरेकोमा भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित गरिएको हाे ।

कार्यक्रममा  मिलेट (काेदाेजन्य) राेटि, हलुवा, दलिया, पकाैडा, जुस लगायतका विभिन्न परिकारहरु उपलब्ध रहेको थियोे ।

फाेटाे फिचर :

20240329_110701

20240329_111520

20240329_113526

20240329_113713

20240329_113720