विविध संगठनका स्वयंसेवक विश्व हिन्दू परिषद् नेपालद्वारा सम्मानित - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, March 30, 2024

विविध संगठनका स्वयंसेवक विश्व हिन्दू परिषद् नेपालद्वारा सम्मानित



चैत १७, काठमाडौं ।
विविध सेवामूलक संगठनका स्वयंसेवकहरुलाई विश्व हिन्दू परिषद् नेपाल, काठमाडौंद्वारा सम्मान एवं प्रशंसा पत्र वितरण कार्यक्रम, केशवधाम, गाैरिघाट (काठमाडौं) मा सम्पन्न ।

विश्व हिन्दू परिषद् नेपाल, काठमाण्डौद्वारा महाशिवरात्री पर्व-२०८० को पावन अवसरमा काठमाण्डौ स्थित श्री पशुपतिनाथ मन्दिर क्षेत्र परिसरमा स्वयंसेवक परिचालन लगायतका सेवाकार्यमा अतुलनिय योगदान पुऱ्याउनु हुने विविध संगठनका करिब ३०० जना स्वयंसेवकहरुलाई श्री पशुपतिनाथ मन्दिरका मुख्य पुजारी श्रद्धेय रावल गणेश भट्ट, पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव श्री राजु खत्री, काेषका सदस्य तथा परिषद्का उपत्यका अध्यक्ष श्री बाबुशरण सुवेदी एवं उपत्यका विभाग सचिव श्री जगन्नाथ सुवेदीद्वारा हस्ताक्षरित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

विश्व हिन्दू परिषद् नेपालले देशव्यापी रुपमा विविध सेवामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको तथ्य सार्वजनिक गर्दै परिषद्का राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले सांगठनिक परिचय प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा परिषद्का उपत्यका विभाग अध्यक्ष श्री बाबुशरण सुवेदीले धार्मिक महाेत्सवहरुमा स्वयंसेवक परिचालनकाे महत्त्व, अपरिहार्यता एवं आवश्यकतालाई मध्येनजर गर्दै आगामी दिनहरूमा थप संगठनलाई स्वयंसेवक परिचालन लगायतका सेवामूलक कार्यहरु सञ्चालन गर्नुपर्नेमा जाेड दिनु भयाे ।

उपस्थित सहभागीलाई परिषद्का पदाधिकारीद्वारा रुद्राक्षकाे माला लगाई प्रशंसा पत्र प्रदान गरिएको थियोे ।

फाेटाे फिचर :