प्राकृतिक संकटकालमा विश्व हिन्दू परिषद नेपालद्वारा गरिएको सेवा कार्यहरू - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, June 19, 2021

प्राकृतिक संकटकालमा विश्व हिन्दू परिषद नेपालद्वारा गरिएको सेवा कार्यहरू

 


कोरोना महामारीको दोश्रो लहर शुरु भए लगतै विश्व हिन्दू परिषद नेपालको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा सेवा कार्य गर्दै आईरहेको छ । विहिप नेपालको सेवा विभागले लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी राहत वितरणको कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।


विश्व हिन्दू परिषद नेपाल सेवा विभागले कोरोनाकालमा गर्दै आएको सेवा कार्यहरु यस प्रकार रहेका छन ।

खाद्यान्न वितरण ः लकडाउनका कारण न्यून आय भएका तथा मजदुरी गरी जीवन निर्वाह गर्नेलाई खानाको समस्या उत्पन्न भएको छ । खाद्यान्न अभाव भएकाहरुलाई विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले खाद्यान्न किट वितरण गरेको छ । काठमाण्डौमा राष्ट्रिय संगठन मन्त्री श्री प्रल्हाद कुमार, पोखरा एवं विरगंजमा राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंह तथा जनकपुरधाममा राष्ट्रिय सदस्य श्री मनोहर साह, जिल्ला अध्यक्ष श्री संतोष साह, हिन्दूवादी युवा मोहन साह लगायतका महानुभावहरुको सक्रिय प्रयासमा स–साना मठ मन्दिरका पुजारी, वेदपाठशाला, वृद्धाआश्रम तथा अनाथालयहरुमा खाद्यान्न किट उपलब्ध गराईएको छ । 

चिकित्सक परामर्श सेवा ः विश्व हिन्दू परिषद नेपालले कोरोना संक्रमितहरुको सहायताको लागि आवश्यक चिकित्सकिय परामर्श उपलब्ध गराउने व्यवस्था मिलाएको छ । परिषदले अनलाईनका माध्यमले कोरोना संक्रमितहरुको लक्षणबारे जानकारी संकलन गरी आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्ने गरेको छ । कोरोना संक्रमितहरुको लागि आवश्वक औषधी, अक्सिजन, एम्बुलेन्स सेवा, तथा आईसोलेशन सेवाको लागि सहजीकरण समेत गर्ने गरेको छ । 


निःशुल्क आयुर्वेदिक काढा वितरण ः रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने आयुर्वेदिक काढा विश्व हिन्दू परिषद नेपाल, सेवा विभागले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । विहिपले कपिलवस्तुमा जिल्ला अध्यक्ष दिपेन्द्रनाथ शुक्ल, रुपन्देहीमा श्री दिपक अग्रवाल, युगल किशोर तिवारी, जनकपुरधाममा जिल्ला अध्यक्ष संतोष साह, जिल्ला उपाध्यक्ष अमन गुप्ता, लहानमा जिल्ला अध्यक्ष मनोज यादव, जिल्ला उपाध्यक्ष प्रियरंजन उपाध्याय, सप्तरीमा जिल्ला अध्यक्ष राम किशुन साह, श्री जंगबहादुर सिंह, मुरली मनोहर चौधरी लगायतका महानुभावको सक्रिय समन्वयमा उक्त आयुर्वेदिक काढा वितरण गर्दै आईरहेको छ ।

मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू  परिषद नेपालको सहयोग


समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ । 


विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ । 

1. थाल 100 पिस
2. गिलास 100 पिस
3. कटोरा 100 पिस
4. फ्राईपिन ५ पिस
5. कम्बल 100 पिस
6. प्रेसर कुकर २५ पिस
7. त्रिपाल 122 पिस
8. ग्याँस चुलहा 48 पिस
9 छुलहा पाइप 48 पिस
10 डिनर प्लेट 72 पिस
11 थरमस 48 पिस
12 कराई ८ पिस
13. रासन प्याकेट 200 पिस
रासन सामाग्रीहरु प्रति प्याकेट
  • 1. चामल १० किलो
  • 2. दाल २ किलो
  • 3. तेल १ लिटर
  • 4. चना २ किलो
  • 5. सोयाबिन २०० ग्राम
  • 6. चिउरा २ केजि
  • 7. नुन १ पाकेट
  • 8. बेसार १ पाकेट
  • 9. मिक्स मसला १ प्याकेट
  • 10. खुर्सानी १ प्याकेट
  • 11. चाउचाउ १० प्याकेट
14. मच्छर धुप

आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बताउनु भयो ।