विज्ञप्ति: भगवान शिव एवं भगवान गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी गर्नेलाई कारवाही सम्बन्धमा । - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, June 18, 2021

विज्ञप्ति: भगवान शिव एवं भगवान गौतम बुद्ध विरुद्ध अभद्र टिप्पणी गर्नेलाई कारवाही सम्बन्धमा ।

 मिति २०७८ जेष्ठ २८ गते (११ जून २०२१) का दिन पूर्व भौतिक योजना, पर्यटन तथा भूमी सुधार मन्त्री हिसिला यमीको  ट्विटर ह्यान्डल (https://twitter.com/HisilaPost)  को माध्यमले समग्र नेपालीहरुको अराध्यदेव भगवान शिव एवं भगवान गौतम बुद्ध विरुद्ध गरिएको अभद्र टिप्पणी प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । मन्त्री जस्तो गरिमामय पदमा आसन्न भैसकेको व्यक्तिले गरेको उक्त घृणित कार्यको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ ।

बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै पूर्व मन्त्रीद्वारा दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनी नेपालीहरूलाई मर्माहत बनाएको छ । विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै छ । त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको देखिन्छ । अराध्य देव भगवान शिव एवं भगवान गौतम बुद्ध बारे अभद्र टिप्पणी गर्ने विरुद्ध यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ ।

साथै सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विहिप नेपाल हार्दिक अपिल गर्दछ । 

जय श्री राम । नेपाल आमाको जय ।।


https://www.vhpnepal.org.np/2021/06/press.html