समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।
विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ ।
1. थाल 100 पिस
2. गिलास 100 पिस
3. कटोरा 100 पिस
4. फ्राईपिन ५ पिस
5. कम्बल 100 पिस
6. प्रेसर कुकर २५ पिस
7. त्रिपाल 122 पिस
8. ग्याँस चुलहा 48 पिस
9 छुलहा पाइप 48 पिस
10 डिनर प्लेट 72 पिस
11 थरमस 48 पिस
12 कराई ८ पिस
13. रासन प्याकेट 200 पिस
रासन सामाग्रीहरु प्रति प्याकेट
- 1. चामल १० किलो
- 2. दाल २ किलो
- 3. तेल १ लिटर
- 4. चना २ किलो
- 5. सोयाबिन २०० ग्राम
- 6. चिउरा २ केजि
- 7. नुन १ पाकेट
- 8. बेसार १ पाकेट
- 9. मिक्स मसला १ प्याकेट
- 10. खुर्सानी १ प्याकेट
- 11. चाउचाउ १० प्याकेट
- 14. मच्छर धुप
आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बताउनु भयो ।
-https://www.vhpnepal.org.np/2021/06/melamchi.html