प्रेस विज्ञप्ति : देशै भरिका मठ मन्दिर खुला गर्न विश्व हिन्दू परिषद नेपालको आग्रह - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, September 16, 2020

प्रेस विज्ञप्ति : देशै भरिका मठ मन्दिर खुला गर्न विश्व हिन्दू परिषद नेपालको आग्रह


कोरोना महामारीका कारण देशै भरिका मन्दिरहरुमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ । यसैविच काठमाण्डौ स्थित भगवान श्री पशुपतिनाथ मन्दिर खुला  गर्न सरकारले तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न निर्देशन दिएका हुन् । सरकारको यस कदमको विश्व हिन्दू परिषद नेपाल हार्दिक स्वागत गर्दछ ।   
मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित  दर्शन खुला गर्न एवं आउदै गरेको नेपालीहरुको महान पर्व दशैंको सहजताको लागि आवश्यक व्यवस्था मिलाउन हुन  सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ । यसै सन्दर्भमा असोज १ गते बिहान आठ बजे श्री पशुपतिनाथ मन्दिरको प्राङ्गणमा विभिन्न धार्मिक समाजिक संगठनको समन्वयमा आयोजित धर्ना प्रर्दशन कार्यक्रममा सम्पूर्ण सनातनी धर्मावलम्बीहरुलाई सहभागिताको लागि विहिप नेपाल हार्दिक अपिल गर्दछ ।

जय श्री राम । नेपाल आमाको जय ।।