समाजिक सद्भाव खलबलाउनेलाई कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपालकाे माग - Vishwa Hindu Parishad Nepal

vhp+header+blue+stroked+Nepali

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, September 13, 2020

समाजिक सद्भाव खलबलाउनेलाई कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपालकाे माग

logo+low

हालै जनकपुरधाम उपमहानगरपालिका वडा नं २० देवपुरा-रुपैठामा दाहाको तस्बिर फेसबुकमा राखी टिप्पणी गरेको निहुँमा कट्टर जिहादी मानसिकता भएका तत्वद्वारा स्थानीय  हिन्दूमाथि सांघातिक आक्रमण गरिएको घटना प्रति विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्यसमिति धनुषाको गम्भिर ध्यानाकर्षण भएको छ । समाजिक सद्भाव बिगार्ने उदेश्यले घटाईएको उक्त अमानवीय घटनाको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ । घटनामा संलग्न दोषीलाई यथाशीघ्र सार्वजनिक गरी कारवाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।

प्रदेश नं. २ मा लगातार हिन्दू समाजमाथि आक्रमण गरिनु प्रायोजित एवं सुनियोजित रहेको स्पष्ट देखिन्छ । बहुसंख्यक हिन्दूहरू नै असुरक्षित महसुस गर्नु एक दमै गम्भीर बिषय हो । कट्टर जिहादी मानसिकता भएका अपराधी समुहहरु हिन्दू समुदाय विरुद्ध सक्रिय रहेको तथ्य पछिल्लो घटनाक्रमले  स्पष्ट भएको छ । सरकारले समेत हिन्दू विरोधी तत्वहरुलाई समय मै नियन्त्रण गर्न नसक्नुले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा गरेको छ । सरकारको यस्तै रवैया रह्यो भने हिन्दू समाजमा कायम असुरक्षित वातावरणले विकराल रूप लिने निश्चित छ र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेछ ।

नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । समाजिक सौहार्द कायम राख्दै हाम्रा विच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पर्दाफाश गर्नुहुन सम्पुर्ण सनातन हिन्दू धर्मावलम्बीहरूलाई हार्दिक अपिल गर्दछौं । 

जय श्री राम । नेपाल आमाको जय ।।

%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%25B5%25E0%25A4%25AA%25E0%25A5%2581%25E0%25A4%25B0%25E0%25A4%25BE-page-001