छिपहरमाई गाउँपालिकामा विश्व हिन्दू परिषद नेपालको समिति गठन - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, September 21, 2020

छिपहरमाई गाउँपालिकामा विश्व हिन्दू परिषद नेपालको समिति गठन

बीरगंज । विश्व हिन्दू परिषद नेपालको गाउँ पालिका स्तरिय समिति गठन भएको छ । विश्व हिन्दू परिषद नेपालका सन्तमार्ग दर्शक मण्डलका पूज्यनीय सन्त श्री सौरभनाथ ज्यू, पर्सा जिल्ला अध्यक्ष श्री ओम प्रकाश साह एवं सचिव श्री रणवीर कुशवाहाको विशेष उपस्थितिमा असोज ३ गते आयोजित एक समारोह बिच छिपहरमाई गाउँपालिका समिति गठन गरिएको हो । 

श्री मनोज कुमार गुप्ताको अध्यक्षतामा गठित उक्त ११ सदस्य समितिमा उपाध्यक्ष विजय कुमार राउत, सचिव राजु कुमार, सह–सचिव, कोषाध्यक्ष भुलन कुमार साह एवं सदस्यहरु अजय साह, बाबुराम साह, अशोक कुमार उपाध्याय, हकिम यादव, उमाकान्त महतो र मनिष महतो चयन हुनु भएको हो ।

समिति गठन कार्यक्रममा विभिन्न मठ मन्दिरका पूज्यनीय साधुसन्त, परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।