हरिनगर गाउँपालिकामा विश्व हिन्दू परिषद् नेपाल गठन - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, September 30, 2020

हरिनगर गाउँपालिकामा विश्व हिन्दू परिषद् नेपाल गठन

  

भोक्राहा नरसिंह गाउँपालिका वडा न. २ मा  नवगठित समितिका साथमा परिषदका अधिकारीगण  

असोज १४, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको गाउँ पालिका स्तरीय समिति गठन भएको छ । विश्व हिन्दू परिषद नेपालले  ११ सदस्य हरिनगर गाउँ पालिका (सुनसरी) समिति गठन गरेको छ ।

समिति गठन समारोह, हरिनगर गाउँपालिका 
विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंह, राष्ट्रिय उपाध्यक्ष श्री काशिन्द्र यादव एवं सन्तमार्ग दर्शक मण्डलका पुज्य सन्त श्री सौरभनाथ ज्युको सघन प्रवासको क्रममा गठित उक्त समितिको अध्यक्षमा  दुर्गा प्रसाद महतो, कोषाध्यक्ष श्री विकास कुमार भगत, सचिव श्री ब्रह्मदेव महतो, युवा प्रमुख श्री रंजित कुमार मेहता, महिला प्रमुख श्रीमती फूलो देवी महतो, सेवा प्रमुख श्री सुभाष कुमार देव, गौरक्षा प्रमुखमा गोल्डेन यादव एवं सदस्यहरुमा कुन्दन कुमार मालाकार, दिनेश मण्डल, सन्तोष यादव एवं प्रवेश यादव चयन हुनु भएको छ ।

समिति गठन समारोहमा सहभागी स्थानीयवासी एवं कार्यकर्ता, हरिनगर गाउँपालिका 
समिति गठन कार्यक्रममा स्थानीयबासी एवं एकल अभियानका तर्फबाट पूर्णकालिक कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो । साथै भोक्राहा नरसिंह गाउँपालिका वडा न. २ मा वार्ड समिति समेत गठन गरिएको थियो।

विश्व हिन्दू परिषद नेपालकाे राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंह ज्युको नेतृत्वमा सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्सा लगायतका जिल्लाहरुमा ११ दिनको सघन प्रवासको शुरुवात भएको छ ।