गौ तस्करलाई कारवाहीको माग गर्दै सिडियोलाई विश्व हिन्दू परिषद नेपालको ज्ञापन पत्र - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, September 8, 2020

गौ तस्करलाई कारवाहीको माग गर्दै सिडियोलाई विश्व हिन्दू परिषद नेपालको ज्ञापन पत्र

भाद्र २३, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपाल, जिल्ला कार्य समिति, धनुषाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । गौ हत्यामा संलग्न गौ तस्करहरुलाई कड़ा करवाही गरिनु पर्ने माग राख्दै परिषद्ले ज्ञापन पत्र बुझाएको हो। गौ तस्करहरुलाई समातेर प्रहरीलाई जिम्मा लगाउदै उनी विरुद्ध जाहेरी समेत दिएको हो । 


“भाद्र २३ गते बिहान ६ बजे जनकपुरधाम उप–महानगरपालिका वडा नं. २३ विन्धीबाट स्थानीय युवाहरुको सक्रियतामा २ जना गौ तस्कर (जिल्ला धनुषा नगराईन न.पा. वडा नं. ६ लगमा बस्ने कुरवान शाह र जिल्ला महोत्तरी भंगहा न.पा. वडा नं. ८, पडरिया बस्ने इलियास शेख) लाई ३ ओटा अवैध गाई एवं २ मोटर साईकल सहित जिरो माईल प्रहरी चौकीको जिम्मा लगाईएको छ । गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको तथ्य सर्व विदितै छ । हिन्दूहरु गाईलाई आमाको रुपमा पुज्ने गर्दछन । गाईको हिन्दू धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रुपमा समेत विशेष महत्व रहेको छ । 

नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय हो । नेपालको कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको देखिन्छ । गौ तस्करहरु निर्वाध रुपमा सक्रिय रही गौहत्या जस्ता जघन्य अपराधमा लिप्त रहेको जन गुनासो समेत रहेको छ । 
यस किसिमको घटनाक्रमले बारम्बार हिन्दू समुदायको आस्था एवं भावनामा गम्भीर चोट पु¥याउँदै खेलवाड गर्दै आएको छ । यस किसिमको अपराधीहरुलाई समय मै कानुनी दायरामा ल्याईएन भने समाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ । नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौहत्या एवं गौ तस्करीमा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपाल सम्बन्धित निकाय समक्ष हार्दिक अपिल गर्दछ ।” विश्व हिन्दू परिषद नेपालका धनुषा जिल्ला अध्यक्ष संतोष साह एवं सचिव अमन प्रसाद गुप्ताद्वारा हस्ताक्षर गरिएको उक्त ज्ञापन पत्रमा भनिएको छ ।

विश्व हिन्दू परिषद् नेपाल यसपूर्व पनि गौरक्षाको लागि आवाज उठाउँदै आएको छ।