विराटनगर । विश्व हिन्दू परिषद नेपाल, देवानगञ्ज (सुनसरी)द्वारा ग्राम शुद्धीकरण महायज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न गरिएको छ।
भदौ १५ गते देवानगञ्ज (सुनसरी) स्थित श्रीकृष्ण मा.वि. काेखेलमैदानमा सम्पन्न उक्त शुद्धीकरण महायज्ञमा स्वधर्म त्यागेर इसाई लगायतका परधर्मी बनेका २८८ परिवारका १४२१ जना महिला/पुरुष पुनः स्वधर्ममा (घर वापसी) फिर्ता भएको हाे ।
कार्यक्रममा परिषद्का राष्ट्रिय पदाधिकारी, स्थानीय पदाधिकारी, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी, राजनितिज्ञ लगायतकाकाे उत्साहजनक सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद किरण साह रहेका थिए । उनले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको संरक्षण गरेर अगाडी बढनुपर्ने बताएका छन् । त्यसैगरी कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले सनातम धर्म, संस्कृतिलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिए । उनले प्रभाव, दबाब र प्रलोभनमा परेर हाम्रो धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए । ‘कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको छ’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ । संस्कृतिको रक्षा गर्नु छ ।’
कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका महायज्ञ लगाएको बताए । शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए ।
परिषद्ले “हिन्दव: सोदरा: सर्वे, न हिन्दू: पतितो भवेत्. मम दीक्षा हिन्दू रक्षा, मम मंत्र: समानता..” भन्ने ध्येय अनुसार समाज संगठित गर्न विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ।