कार्यकर्ता निर्देशिका २०७६/०७७ - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, September 29, 2019

कार्यकर्ता निर्देशिका २०७६/०७७

 






विषय सूची
 हाम्रो लक्ष्य
 संगठनात्मक रचना
 धार्मिक केन्द्रहरु
 आर्थिक केन्द्र
 सेवा कार्यहरु
 बार्षिक कार्य–योजना
 दीप प्रज्वलन मन्त्रः
 एकता मन्त्र
 पूर्णता (विसर्जन) मन्त्रः
 सुभाषित
 गीत (हाम्रो धर्म हाम्रो संस्कृति...)
 प्रातः स्मरणका क्रमहरु
 संघ प्रार्थना
 आचार विभाग

हाम्रो लक्ष्य
परिषदको मुख्य उद्देश्य
  • सनातन एवं शाश्वत हिन्दू जीवन मूल्य–मान्यताहरुको रक्षा एवं प्रसार–प्रचार गर्नु ।
  • आफ्नो धर्मको विविध पंथ, सम्प्रदाय, जाति–उपजातिहरुको बिचमा समन्वय तथा सहकार्य बढाई सबैमा एकताको भावना निर्माण गर्नु र बढाउनु ।
  • सामाजिक विभेद, विषमता, छुवाछुत, कुप्रथाहरुको निर्मूलन गरी सामाजिक समरसता निर्माण गर्न र समाज संगठित, सशक्त बनोस भनी प्रयास गर्नु ।
  • आदिवासी, जनजाती, दलित, असहाय तथा पिछडिएका वर्ग आदि उपेक्षित समुदायको लागि सेवा कार्य प्रारम्भ गर्नु र उनको सामाजिक सर्वांगीण विकासको लागि प्रयास गर्नु ।
  • धर्मान्तरण रोक्न जनचेतना तथा धर्मान्तरित भएका बन्धुहरुलाई पुनः हिन्दू धर्ममा ल्याउनु ।
  • मठ–मन्दिरलाई सुव्यवस्थित गरी समाजको शक्ति केन्द्र बनाउन प्रयत्न गर्नु ।
  • विदेशमा रहनु भएका हिन्दू दाजुभाई–दिदिबहिनीहरुसंग सम्पर्क स्थापित गरी उनको धार्मिक, सांस्कृतिक समस्याहरुको निराकरण गर्नु ।
  • हिन्दू समाजमाथि कुनै अन्याय वा आक्रमण भएको छ भने त्यसको विरुद्ध जन जागरण तथा आन्दोलन गरी त्यस किसिमको अन्याय,अत्याचार एवं आक्रमणको अन्त्य गर्नु ।
संगठनात्मक रचना
विश्व हिन्दू परिषद नेपालको गतिविधिहरुलाई प्रभावकारी रुपले अगाडी बढाउन तपशिल बमोजिमका भौगोलिक क्षेत्रलाई सम्भागको रुपमा विभाजन गरेको छ ।

क्र.सं.             सम्भागको नाम                      जिल्ला संख्या

             बिराटनगर सम्भाग                         १० जिल्ला
२             जनकपुर सम्भाग                            १२ जिल्ला
३             काठमाण्डौ सम्भाग                         ११ जिल्ला
४             गण्डकी सम्भाग                               ११ जिल्ला
५             लुम्बिनी सम्भाग                              ९ जिल्ला
६             नेपालगंज सम्भाग                          १५ जिल्ला
७             सुदूर पश्चिम सम्भाग                      ९ जिल्ला

विश्व हिन्दू परिषद नेपालको सांगठनिक विस्तार गर्दा देहाय बमोजिमको संरचना अनुसार गठन गर्ने ।
१.अध्यक्ष
२.सचिव
३.कोषाध्यक्ष
४.युवा प्रमुख
५.महिला प्रमुख
६.सत्संग प्रमुख
७.सेवा प्रमुख 
धार्मिक केन्द्रहरु
नेपालका विभिन्न क्षेत्रमा स्थापित प्राचिन महत्वका देहाय बमोजिमका धार्मिक तथा साँस्कृतिक स्थानहरुलाई विश्व हिन्दू परिषद नेपालको धार्मिक केन्द्रको रुपमा स्थापना गराउने ।
१.झापा जिल्लाको अर्जुनधारा
२.सुनसरी जिल्ला स्थित चतराधाम ।
३.जनकपुरधाम
४.महोत्तरी जिल्ला स्थित जलेश्वरनाथ
५.बारा जिल्लामा अवस्थित गढिमाई
६.देवघाटधाम
७.पशुपतिनाथ 
८.प्यूठान जिल्लाको स्वर्गद्वारी
९.बाँकेको बागेश्वरी
१०.कैलाली जिल्ला स्थित गोदावरी 

आर्थिक केन्द्र
विश्व हिन्दू परिषद नेपालको आर्थिक व्यवस्थापनको दृष्टिकोणले निम्नअनुसारको शहरहरुलाई आर्थिक केन्द्रको रुपमा तोक्ने ।

१.काठमाण्डौ
२.बिराटनगर
३.बिरगंज
४.नारायणघाट
५.बुटवल
६.भैरहवा
७.नेपालगंज

सेवा कार्यहरु
स्वधर्म संस्कृतिको रक्षा तथा सम्पूर्ण हिन्दु समाजलाई स्वस्थ स्वाबलम्बि एवं आत्म निर्भर बनाउन देहाय बमोजिमका सेवा मुलक कार्यक्रमहरु संचालनमा ल्याउने ।

१.असहायलाई भोजनको व्यवस्था ।
२.मेडिकल शिविर
३.जाडोयाममा न्यानो कपडा वितरण 
४.गर्मीयाममा निःशुल्क पानी÷सर्वत वितरण
५.न्युनतम शुल्कमा सिलाई तथा मेहन्दी प्रशिक्षण 
६.ट्युशन कक्षा संचालन
७.निःशुल्क योग प्रशिक्षण

बार्षिक कार्य–योजना
१.राष्ट्रिय योजना बैठक – श्रावण २, ३ र ४ गते, देवघाटधाम (तनहँु)
२.अन्तराष्ट्रिय स्थापना दिवस – भाद्र ६ गते –
३. समाजिक समरसता दिवस 
ड्ड खप्तड स्वामी स्मृति दिवस – बैशाख २७ गते
ड्ड शंखधर शाख्वा जन्मजयन्ति – कार्तिक १२ गते 
ड्ड महागुरु फाल्गुनन्द जन्मजयन्ति – कार्तिक २५ गते 
ड्ड योगी नरहरिनाथ जन्म जयन्ति – फाल्गुन १७ गते 
ड्ड विद्यापति जन्मजयन्ति
४.मंसिर १४–२८ गते सम्म – शुभ चिन्तक अभियान
५.राष्ट्रिय परिषद शिक्षा वर्ग – २०७६ मंसिर ३० देखि पौष ५ गते सम्म
६. माघ १४ गते – स्वामी विवेकानन्द जयन्ति
७. माघ मसान्त भित्र – १ र २ दिवसीय जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण वर्गहरु 
८.आर्थिक स्वाबलम्बनको लागि धर्म रक्षा–निधि कार्यक्रम –२०७६ फाल्गुन ३ देखि १७ गते सम्म
९.राम नवमी (चैत्र शुक्ल नवमी) –चैत्र २० गते
१०.हनुमान जयन्ति –चैत्र २६ गते 
११.नववर्ष (बैशाख १ गते) उत्सवको अवसरमा सशुल्क ध्वज वितरण तथा मन्दिरलाई निशुल्क ध्वज उपलब्ध गराउने ।
१२.सीता जयन्ति (बैशाख शुक्ल नवमी) –बैशाख २० गते
१३.जिल्ला मासिक बैठकहरु (स्थानीय मिति र समय अनुसार)
१४.नियमित कार्यक्रम – साप्ताहिक सत्संग
साप्ताहिक सत्संग परिषदको नियमित कार्यक्रम हो । जहाँ–जहाँ समिति छ त्यहाँ–त्यहाँ साप्ताहिक सत्संग चल्नै पर्दछ । सत्संगको माध्यमले कार्यक्रमहरुको आयोजना हुन सक्नेछन, सम्पर्क बढछ, नयाँ–नयाँ कार्यकर्ता जुडने छन, संगठन विस्तार हुनेछन ।
सत्संगका चार प्रकारहरु छन । (१) सर्वसामान्य (२) मातृशक्ति (३) युवा विभाग (४) महिला विभाग ।
युवा विभाग, महिला विभागको सत्संगलाई साप्ताहिक मिलन भनिन्छ । एकल विद्यालय, कथाकार योजनाद्वारा संचालित सत्संग सर्वसामान्य सत्संगमा पर्दछ । आफ्नो गाउँ र नगरमा साप्ताहिक महाआरती होस, त्यसको लागि प्रयास गर्नु पर्दछ ।
हरेक स्तरमा सत्संग प्रमुखको व्यवस्था गर्नु पर्दछ । हरेक सत्संगको लागि एक जना प्रमुख रहनु पर्दछ । खण्ड, उपखण्ड र ग्रामको मंत्री सत्संग प्रमुख रहनेछन ।

दीप प्रज्वलन मन्त्रः
ॐ शुभं करोति कल्याणम् आरोग्यं सुख सम्पदाम् 
शत्रु बुद्धि विनाशाय दीप ज्योर्तिनमोस्तुते 
दीपं ज्योति परंब्रद्म्र दीपं ज्योर्तिजनार्दन 
दीपं ज्योति हरते पापं दीपं ज्योर्तिनमोस्तुते ।।

(अर्थः– हे द्वीप ज्योति तपाई शुभ र कल्याण गर्ने साथै आरोग्य सुख, धन, सम्पत्ति दिने हुनु हुन्छ र शत्रुता सम्झने बुद्धिको नाश गराई दिने वाला तपाईलाई नमस्कार छ । हे द्वीप तपाईको ज्योति परंब्रद्म स्वरुपको छ जनार्दन भगवनका स्वरुप हे द्वीप मेरो सम्पूर्ण पापको नाश गराई दिनु होस, मेरो बारम्बार नमस्कार छ ।)

एकता मन्त्र
यं वैदिका मन्त्रदृशः पुराणा इन्द्रं यमं मातरिश्वानमाहुः । 
वेदान्तिनोऽनिर्वचनीयमेकं यं ब्रद्मशब्देन विनिर्दिशन्ति ।। 
शैवा यमीशं शिव इत्यवोचन् यं वैष्णवा विष्णुरितिस्तुवन्ति । 
बुद्धस्तथाऽर्हन्निति बौद्धर्जैनाः सत् श्री अकालेति च सिक्खसन्तः 
शास्तेति केचित प्रकृति कुमारः स्वामीति मातेति पितेति भक्त्या 
यं प्रार्थयन्ते जगदीशितारं स एक एव प्रभुरद्वितीयः ।। 

(प्राचीन कालका मंत्रदृष्टा ऋषिहरुले जसलाई इन्द्र, यम, मातरिश्वान् भनेर पुकारे । जो एक अनिर्वचनीयलाई वेदान्ती ब्रद्म शब्दले निर्देश गर्दछन् । 
शैव जसलाई शिव र वैष्णव जसलाई विष्णु भनेर स्तुति गर्दछन् । बौद्ध र जैन जसलाई बुद्ध र अर्हन्त भन्दछन् तथा सिख संत जसलाई सत् श्री अकाल भनेर पुकार्दछन् । 
यस जगतका स्वामी जस्लाई कसैले शास्त कसैले कुमार स्वामी भन्दछन् भने कोही जसलाई स्वामी, माता–पिता भनेर भक्तिपूर्वक प्रार्थना गर्दछन् । उनै प्रभु एकै छन् र अद्वितीय छन् । अर्थात उनको दोस्रो कुनै रुप छैन ।)

पूर्णता (विसर्जन) मन्त्रः
ॐ पूर्णमदः पूर्णमिदं 
पूर्णात् पूर्णमुदच्यते । 
पूर्णस्य पूर्णमादाय 
पूर्णमेवा वशिष्यते ।। 
ॐ शान्तिः शान्तिः शान्तिः । 
(परमात्मा पूर्ण छन् अतः पूर्ण परमात्माबाट सृष्टि भएको जगपनि पूर्ण छ किनकि पूर्णबाट सृजित हर बस्तु पूर्ण नै हुन्छ । पूर्ण परमात्माबाट पूर्ण लिए पनि पूर्ण नै बाँकी रहन्छ ।)

सुभाषित
हिन्दवा सहोदरा सर्वे न हिन्दू पतितो भवेत् 
मम दीक्षा हिन्दू रक्षा मम मन्त्र समानता 
( सबै हिन्दूहरु सहोदर दाजुभाई हुन, कुनै पनि हिन्दू अछुत हुदैन, मेरो दीक्षा हिन्दू रक्षाको लागि हो मेरो मन्त्र समानताको लागि हो ।) 
हाम्रो धर्म हाम्रो संस्कृति
हाम्रो धर्म हाम्रो संस्कृति, रिति तिथि लोक सम्मत्ति ।
विश्वभरि लोभ लाग्दो छ, हाम्रो देश हाम्रो प्रकृति ।। धु ।।

हातमा हात राखेर, काँधमा काँध जोडेर ।
हिडनु पर्छ सँगसँगै, निजी स्वार्थ छाडेर ।।
लाखौँ युवा लाखौँ युवती, खट्नुपर्छ रातदिन अति ।
हौ सिपालही आफ्नो देशका, सुम्पिदिउँ सारा जिन्दगी ।१। हाम्रो 

देशको कुना कुनामा, चेतनाको गीत गाऊँ ।
सवको ढुकढुकीमा, राष्ट्रभक्ति भाव जगाऊँ ।।
त्याग्नुपर्छ सवले दुर्मति, मिल्नुपर्छ सर्वसम्मति ।
वल्ल भन्छ हामीलाई विश्वले, वीरहरुका वीर सन्तती ।२। हाम्रो

हिमाल, पहाड, तराई, प्रकृतिको फुलवारी ।
विश्व सामु हाँस्दछ, हिमचुलीको छाहारी ।।
मेची, कोशी, काली गण्डकी, महाकाली, सेती, राप्ती ।
लोभिएर हेर्छ विश्वले, हाम्रो दिव्य–दिव्य सम्पत्ति ।३। हाम्रो 

प्रातः स्मरणका क्रमहरु
१. दीप प्रज्वलन मन्त्र (ॐ शुभंकरोति कल्याणं) 
२. प्रणवोच्चारण (ॐ उच्चारण ३ पटक) 
३. प्रातः स्मरण (कराग्रे वसते लक्ष्मी) 
४. एकात्मता स्तोत्रम (ॐ सच्चिदानन्द रुपाय.) 
५. एकता मन्त्र (यं वैदिका मन्त्रदृशः पुराणा ...) 
६. विजय महामन्त्र (श्री राम जय राम जय–जय राम १३ पटक) 
७. वुद्ध वन्दना (वुद्धं शरणं गच्छामी ......) 
८. ईश्वर वन्धुत्व मन्त्र (त्वमेव माता च पिता त्वमेव) 
९. प्रेरणा मन्त्र (ॐ असतोमा सद्गमय ....) 
१०. शुभकामना मन्त्र (सर्वे भवन्तु सुखिनः ....) 
११. संंगठन मन्त्र (ॐ संगच्छध्वंं संवदध्वं .....) 
१२. श्रीराम स्तोत्र (श्री रामचन्द्र चरणौ मनसा स्मरामी) 
१३. एक मालाको जप (१०८ पटक श्रीराम जय राम –जय – जय राम) 
१४. श्रीराम स्तुति (राम रामेति रामेति .......) 
१५. हनुमान चालिसा (श्री गुरु चरण सरोज रज–देखि शुरु गर्ने) 
१६. पूर्णता (विसर्जन) मन्त्र (ॐ पूर्णमदः पूर्णमिदं) 
१७. जयघोष क्रमस (श्री सचिदानन्द भगवान को जय देखि शुरुगर्ने) 
१८. ध्येय वाक्य (हामी नेपाल आमाका सन्तान हौं .......) 
१९. पञ्चाङ्ग (दिवस परिचय) (साल महिना तिथि वार गते ) 
२०. दोहा÷चौपाईः– (उक्तदिनको नियोजित कुनै एउटा मात्र) 
२१. संघ प्रार्थनाः (नमस्ते सदा वत्सले मातृभूमे ...) (प्रशिक्षणको बेला शाखामा अरु बेला विहान गर्ने)

संघ प्रार्थना
नमस्ते सदा वत्सले मातृमूमे 
त्वया हिन्दूभूमे सुखम् वर्धितोहम् 
महामंगले पुण्यभूमे त्वदर्थे 
पतत्वेषकायो नमस्ते नमस्ते ।।१।। 

भावार्थः– (हे वत्सलमयी मातृभूमि, तिमीलाई म अनवरत् प्रणाम गर्दछु । हे हिन्दूभूमि, तिमीले नै मलाई सुखपूर्वक बढायौ । हे महामङ्गलमयी पुण्यभूमि, तिम्रा लागि मेरो यो शरीर अर्पित छ । म तिमीलाई अनन्त पटक प्रणाम गर्दछु । ।।१।।) 
प्रभो शक्तिमन् हिन्दूराष्टाङ्गभूता 
इमे सादरन् त्वान् नमामोवयम् 
त्वदीयाय कार्याय बद्धा कटीयम् 
शुभामाशिषन् देहि तत्पूर्तये । 
अजय्याञ्च विश्वस्य देहीश शक्तिम् 
सुशीलञ् जयद्येन नम्रं भवेत् 
श्रुतञ् चैव यत् कण्टकाकीर्णमार्गम् 
स्वयम् स्वीकृतन् नस् सुगङकारयेत् ।।२।।
भावार्थः– (हे सर्वशक्तिमान् परमेश्वर, यस हिन्दू राष्टका अंगभूत घटक हामी तिमीलाई आदरपूर्वक प्रणाम गर्दछौं। तिम्रै कार्यका निम्ति हामीले कम्मर कसेका छौं । यस कार्यपूर्तिका लागि हामीलाई शुभ आशीर्वाद देऊ । विश्वका निम्ति ज्ुन अजेय छ त्यस्तो शक्ति ( सम्पन्न जसबाट विनम्र ह्न्छ, त्यस्तो विशुद्ध शील तथा विचारपूर्वक स्वीकृत हाम्रो कण्टकमय मार्ग सुगम बनाउने यस्तो ज्ञान पनि हामीलाई प्रदान गर ।।२।।) 
समुत्कर्ष निःश्श्रेयसस्यैकमुग्रम् 
परं साधनम् नाम वीर व्रतम् 
तदन्तस् स्फुरत्क्क्षया ध्येयनिष्ठा 
हृदन्तः स्प्रजागर्तु तीव्रा निशम् 
विजेत्री च नः संहता कार्यशक्तिर् 
विधायास्य धर्मस्य संरक्षणम् 
परं वैभवं नेतुमेतत् स्वराष्ट्रम् 
समर्था भवत्वाशिषा ते भृशम् ।।३।। 
हिन्दू धर्मको जय। 
नेपाल आमाको जय।। 
भावार्थः– (अभ्युदयसहित निस्श्रेयस प्राप्ति निम्ति वीरव्रत नामको जुन एकमात्र श्रेष्ठ, उग्र साधन छ, त्यो हाम्रो अन्तस् करणमा स्फुरण होस् । हाम्रो हृदय सदैव अक्षय तथा तीव्र ध्येय निष्ठा जाग्रत भैरहोस् । तिम्रो आशीर्वादबाट हाम्रो विजयशालिनी सङ्गठित कार्यसशक्ति स्वधर्मको रक्षा गरी हाम्रो यस राष्ट्रलाई परम वैभवको उच्च स्थितिमा पु¥याउन पूर्ण समर्थ होस् ।)

आचार विभाग

शाखा प्रारम्भ 

मुख्य शिक्षकले सीटी (–०–०) बजाउने 

साथ सबै स्वयंसेवक एक आपसमा कुराकानी बन्द गरेर सघंंस्थानको पछाडि ध्वजभिमुख भएर आरममा उभिन्छन् । 
१. संघ दक्ष 
२. आरम 
३. अग्रेसर सम्यक 
४. अग्रेसर आरम् 
५. संघ संपत् 
६. संघ दक्ष 
७. संघ सम्यक 
८. अग्रेसर अर्धवृत 
९. संघ आरम्
१०. संघ दक्ष (ध्वज लाग्छ) 
११. ध्वज प्रणाम १,२,३१२. संख्या 
१३. आरम् (प्रार्थना शुरु) 
१४.सघ दक्ष(अधिकारीलाई संख्या बताउनु) 
१५. आरम 
१६. संघ दक्ष दक्षिणवृत्त गरेर अधिकारी प्रणाम गर्छन् । 
१७. स्वस्थान –गण शिक्षक 
स्वयं सेवकहरुलाई लिएर आफ्नो 
गण चलाउने ठाउँमा जान्छन् । 
शाखा समापन 
(क) सीटीको (क) संकेत (–,०००) 
अग्रेसर ध्वजका अगाडि दक्षमा सम्पन्न गर्छन् ।
१. अग्रेसर सम्यक
२. अग्रेसर आरम
(ख) सीटी –०० (संघ सम्पत)
३. अग्रेसर
४. संघ सम्यक् 
५. अग्रेसर अर्धवृत्त 
६. संख्या
७. आरम
ग) संघ दक्ष (आधिकारीलाई संख्या बताउनु) 
घ) आरम्
ङ) संंघ दक्ष 
च) सीटी (०)
(प्रार्थना शुरु)
८. ध्वज प्रणाम१,२,३ ध्वज उतारिन्छ ।
९. संघ विकिर (सबै स्वयंसेवकहरु दक्षिणवृत्त गरेर अधिकारी प्रणाम गर्छन् ।