राष्ट्रिय झन्डा जलाउनेमाथि छानबिन गरी कारवाही गर्न विहिप नेपालको माग : प्रेस विज्ञप्ति - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, August 18, 2020

राष्ट्रिय झन्डा जलाउनेमाथि छानबिन गरी कारवाही गर्न विहिप नेपालको माग : प्रेस विज्ञप्ति

युट्युवमा नेपालको राष्ट्रिय झन्डा जलाउने जातीय सद्भाव विरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत सार्बजनिक भएको प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानल बाट सोमबार अपलोड गरिएको थियो । उक्त विडियो सामग्रीमा नेपालको राष्ट्रिय झण्डालाई अपमान गर्दै जलाईनु, ढाका टोपीको अपमान गरिनुका साथै हिन्दू धर्मप्रति आँच आउने किसिमका आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । नेपाली जनताको भावना आहात गराउने गरी घटाइएको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्नुका साथै उक्त विडियोलाई प्रतिबन्ध लगाई दोषी उपर तत्काल कडा कारबाही गर्न जोडदार माग गर्दछ ।
भिडियो सार्बजनिक गर्नुको पछाडी कुनै राष्ट्र विरोधी संगठनको संलग्नता देखिएकोले यस घटनाबारे बिस्तृत छानबिनको लागि सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल अपिल समेत गर्दछ ।
नेपालको मौलिक धर्म–संस्कृति एवं राष्ट्रिय एकता अखण्डतामा आँच आउने किसिमको क्रियाकलापमा संलग्न जुन सुकै तत्वहरुलाई कानुनी दायरामा ल्याई  निरुत्साहित नगरेको खण्डमा विश्व हिन्दू परिषद नेपाल आन्दोलन गर्न बाध्य हुनेछ तथा ततपश्चात सिर्जना हुने परिस्थितिको जिम्मेबार सरकार स्वयंम हुनेछ ।
जय श्री राम । नेपाल आमाको जय ।।