प्रेस विज्ञप्ति : हिन्दू समुदाय प्रति घृणा फैलाउने तत्वलाई कारवाही सम्बन्धमा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, August 17, 2020

प्रेस विज्ञप्ति : हिन्दू समुदाय प्रति घृणा फैलाउने तत्वलाई कारवाही सम्बन्धमा

२०७७ श्रावण ३२ गते बीरगंज महानगरपालिका–१३ शिव नगर टोलका स्वर्गीय लाल बाबु साह कलबारको दाह–संस्कारबारे हिन्दू विरोधी तत्वद्वारा परिचालित  एक  पत्रकार  सहितको  समूहले  फैलाएको  दुष्प्रचार  प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । 
कोरोना संक्रमणका कारण मृतकका परिवार तथा हिन्दू समाजका कोही पनि दाह–संस्कारमा सहभागी हुन तयार नभए पश्चात वडा अध्यक्ष तूफान अन्सारी सहितको मुस्लिम व्यक्तिहरुको सहयोगमा दाह–संस्कार गरेको भनी झुठो प्रचार गर्नु शंकास्पद एवं लज्जास्पद हो ।
मृतकका आफन्तका अनुसार दाह–संस्कार पूर्णरुपले हिन्दू समुदाय कै सहयोगमा गरिएको हो । दाह–संस्कारमा सहयोग गर्ने बहानामा बदनियतका साथ केही मुस्लिमहरु पत्रकार सहितको टोलीसाथ सहभागी भई हिन्दू विरुद्ध दुष्प्रचार गर्नु निन्दनीय हो । 
धार्मिक सदभावमा खलल पु¥याउन घटाईएको उक्त घटनाबारे यथाशीघ्र अनुसन्धान गरी दोषीलाई हदैसम्मको     कारबाही गर्न प्रशासन समक्ष विहिप नेपाल जोडदार माग गर्दछ ।