मृतक सन्तलाई सहिद घोषणा गर्न विहिप नेपालको माग : प्रेस विज्ञप्ति - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, August 20, 2020

मृतक सन्तलाई सहिद घोषणा गर्न विहिप नेपालको माग : प्रेस विज्ञप्ति




मिति २०७७ भाद्र ३ गते बेलुका रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं.२  खेसरहिया बजारमा स्थिति हनुमान मंदिरको महंन्थ  श्रीराम साहको गोली हानी हत्या गरिएको घटना प्रति विश्व हिन्दू परिषद नेपालकाे गम्भिर ध्यानाकर्षण भएको छ । नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण रहेको छ ।
उक्त अमानवीय हृदयविदारक घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दै सम्बन्धित  निकायको गम्भिर ध्यानाकर्षण गराउदै हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछ । मृतक सन्त आत्मा प्रति हार्दिक श्रद्धाञ्जली ।

निरन्तर हिन्दू आस्थामाथि आँच आउने गरी हत्या हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ ।
यस किसिमको हत्या हिंसा बिरुद्ध सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई एकजुट भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल अपिल गर्दछ।



#Justice_for_Hindu_Sadhu