पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाहीको चेतावनी दिनु दुर्भाग्यपूर्ण : जितेन्द्र कुमार सिंह - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, August 27, 2020

पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाहीको चेतावनी दिनु दुर्भाग्यपूर्ण : जितेन्द्र कुमार सिंह


रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै  शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ । आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको छ ।
नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन । 
पुजारीको हत्यारा पक्राउ गर्नुको साटो न्याय माग्नेलाई नै कारवाही चेतावनी दिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ । यतिका दिन वितिसक्दा पनि पुजारीको हत्यामा संलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिनुले सरकारको नियतमा समेत प्रश्न–चिन्ह खडा गरेको छ ।
कस्तो सरकार हाम्रो ! न्याय माग्दा कारवाही गर्ने चेतावनी, हाम्रो देश चलाउनेहरू अपराधी कै संरक्षण गर्न तत्पर त छैनन् ?  अपराधी विरुद्ध कडारुपमा प्रस्तुत हुनुको साटो पिडितको लागि आवाज उठाउनेको आवाज दबाउने प्रयास किन? के देशमा गुण्डा राज कायम भएकै हो त ? देशका वहुसंख्यक हिन्दू उपर सरकारबाटै दमनको प्रयास किन ? सातादिन बितिसक्दा पनि यस्तो बन्दाबन्दीको समयमा पनि पुजारीको हत्यामा संलग्नहरु पक्राउ नपर्नु कतै कुनै ठुलो षडयन्त्र त होइन ?

हिन्दूवादी व्यक्ति एवं संगठनको नाम नै तोकेर,हत्याको विरोध गरे थुन्न आदेश दिने सरकारले भोली हिन्दूहीतको कुरा गर्नेलाई पनि कुनै बाहानामा थुन्न सक्छ । त्यसैले सम्पूर्ण हिन्दूवादी एकजुट हुनु अति आवश्यक रहेको छ । सरकारद्वारा दमनशैलीमा आएको यस्तो आदेशबाट अलिक पनि विचलित नभई झन सशक्त रुपमा संघर्ष गर्दै अगाडी बढ्नुको विकल्प छैन  ।
विश्व हिन्दू परिषद नेपालको तर्फबाट सम्पूर्ण सनातन हिन्दूवादी व्यक्ति एवं संगठनलाई न्यायका लागि आ–आफ्नो स्तरबाट आवाज उठाउदै अगाडी बढ्न आवाहन गर्दछु । 
जय श्री राम । नेपाल आमाको जय ।।

-जितेन्द्र कुमार सिंह
महासचिव, विश्व हिन्दू परिषद् नेपाल