रौतहटमा हत्या गरिएको सन्तको आत्म-शान्तिका लागि देशव्यापी श्रद्धाञ्जली कार्यक्रम गरिने : विहिप नेपाल - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, August 29, 2020

रौतहटमा हत्या गरिएको सन्तको आत्म-शान्तिका लागि देशव्यापी श्रद्धाञ्जली कार्यक्रम गरिने : विहिप नेपाल



मिति २०७७ भाद्र ३ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं.२ खेसरहिया बजार स्थिति हनुमान मन्दिरको महन्थ श्रीराम साहको गोली हानी हत्या गरिएको घटना सम्बन्धमा मिति २०७७ भाद्र १३ गते शनिबार Google Meet मा विश्व हिन्दू परिषद नेपालको आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकमा परिषदका राष्ट्रिय समिति, पूर्णकालिन कार्यकर्ता एवं प्रदेश नं. २ का प्रमुख कार्यकर्ताहरुको विशेष सहभागिता रहेको थियो । उक्त बैठकमा निम्न अनुसारको निर्णयहरु गरिएको छ ।

१. प्रार्थना सभा एवं भण्डारा : पूज्य सन्त श्री राम साहको आत्म–शान्ति एवं सद्गतिका लागि मिति २०७७ भाद्र १५  गते रौतहटमा घटना भएको मन्दिरको प्राङ्गणमा प्रार्थना सभा एवं भण्डारा आयोजन गर्ने । कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सुरक्षाका उपायहरु अपनाई स्थानीय साधुसन्त एवं जनसमुदायको सहभागिताको लागि प्रयास गर्ने । 

२. देशव्यापी श्रद्धाञ्जली कार्यक्रम : मिति २०७७ भाद्र १५  गते आ–आफ्नो घरमा पूज्यसन्त प्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलुका ७ः०० बजे दीप–प्रज्ज्वलन गर्ने ।

३.न्यायका लागि दवाव सिर्जना : घटनाको आज यतिका दिन भैसक्दा पनि हत्याराहरुलाई कानुनी कारवाही गरिएको छैन तसर्थ अपराधीहरुलाई यथाशिघ्र सार्वजिनक गराउन हेतु दवाव सिर्जना गर्न आ–आफ्नो स्तरबाट प्रयास गर्ने ।

बैठकमा सम्बोधन गर्दै परिषदका राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंहले “बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने राष्ट्रमा पनि हिन्दूहरु नै असुरक्षित रहनु एक दमै गम्भीर विषय हो । हिन्दूहरुको आस्था एवं विश्वासमाथि आँच आउने किसिमका विभिन्न घटनाहरुको श्रृंखला जारी नै रहेको छ । हिन्दुत्व एवं राष्ट्रियता विरुद्ध रचिएका षडयन्त्रहरुको समयमै पहिचान गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुलाई संगठित हुन अति आवश्यक रहेको ” बताउनु भयो ।