विश्व हिन्दू परिषद नेपालद्वारा देशव्यापी श्रीराम जन्मभूमी विजय दिपोत्सव कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, November 9, 2019

विश्व हिन्दू परिषद नेपालद्वारा देशव्यापी श्रीराम जन्मभूमी विजय दिपोत्सव कार्यक्रम सम्पन्न

बीरगंज  घंटाघरमा आयोजित कार्यक्रम 

कार्तिक २३, काठमाण्डौ ।  पाँच सय वर्ष पुरानो अयोध्या विवादमा भारतीय सर्वाेच्च अदालतले राम मन्दिरको पक्षमा फैसला सुनाएपछि  विश्व  हिन्दू परिषद नेपालद्वारा देशव्यापी रुपमा  मिठाइ वितरण तथा दीपावली गरी खुसियाली मनाइएको छ ।
जनकपुरधाम जानकी मंदिरको प्रांगणमा आयोजित कार्यक्रम 

विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ताहरुले   खुसियालीमा शनिवार दिउँसो मिठाइ बाँडेका छन् साथै  साँझ जनकपुरको जानकी मन्दिरमा समेत  दीपावली गरिएको छ । जनकपुरका  घरहरुमा समेत घरको अगाडी दीप प्रज्वलन गरी दीपावली गर्दै खुसियाली मनाइएको छ । विश्व हिन्दू  परिषद्  नेपालले काठमाण्डौ, बीरगंज , नेपालगंज, भैरहवा, बिराटनगर, पोखरा लगायतका शहरहरुमा श्रीराम जन्मभूमि विजय दीपोत्सब  कार्यक्रम आयोजना गरेको थियो। 

राष्ट्रिय कार्यालय बसुन्धरा, काठमाण्डौमा आयोजित कार्यक्रम 

पाँचसय वर्ष पुरानो अयोध्याको विवादमा त्यहाँका सर्वाेच्च अदालतले राम मन्दिरको पक्षमा फैसला गरेको छ। यस्तै मस्जिद निर्माणका लागि अयोध्यामै पाँच एक्कड जमिन दिने फैसला सुनाएको हो ।

भारतीय सर्वाेच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा बसेको पूर्ण बेन्चले उक्त फैसला सुनाएको हो । गोगोईले यो सर्वाेच्चको यो आदेश कुनै धार्मिक भावनाले नभइ कानुनी रुपमा सुनाइएको बताएका छन् ।

यो फैसलाका लागि अयोध्या विवादको मुद्दामा सर्वाेच्च अदालतमा लगातार ४० दिनसम्म बहस भएको थियो। अयोध्याको जमिनको स्वामित्व विवादलाई लिएर पहिलोपटक कानुनी लडाई १ सय ३५ वर्षपहिले अर्थात् १८८५मा सुरु भएको थियो।

यो विवाद ९० को दशकमा सबै भन्दा धेरै उग्र रूपमा देखियेको थियो। यस विवादको मूल मुद्दा भगवान रामको जन्मभूमि र बाबरी मस्जिदबीचकोे।त्यो बेला बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाइएको थियो वा मन्दिर भत्काएर मस्जिद बनाइएको थियो भन्नेबारेको विवाद अहिले पनि कायमै छ।

राम जन्मभूमिको इतिहास मुस्लिम शासक बाबर १५२७ मा फरगना देखि सुरु भएको देखिन्छ । उनले चित्तौरगढको हिंदू राजा राणा संग्राम सिंहलाई फतेहपुर सिकरीमा परास्त गरेका थिए ।

बाबरले आफ्नो युद्धमा तोपहरू र गोलाहरूको प्रयोग गरेका थिए। जितपछि उनले त्यो क्षेत्रको जिम्मेवारी र बाँकी काम सक्नका लागि मीर बान्कीलाई जिम्मेवारी दिएका थिए । त्यसपछि मीरले त्यस क्षेत्रमा मुस्लिम शासन लागु गरे । उनले धेरै हिन्दूहरुलाई नियन्त्रणमा लिएर यातनासमेत दिएको र नरसंहार मच्चाएको भनाई छ। उनले १५२८ मा अयोध्यामा मन्दिर भत्काउन लगाएर मस्जिद बनाउन लगाएको कथन पनि छ ।