प्रेस विज्ञप्ति - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, November 15, 2019

प्रेस विज्ञप्ति


विश्व हिन्दू परिषद नेपाल आफ्नो स्थापनाकाल देखि नै राष्ट्र, धर्म र समाजको लागि अनवरत कार्यरत रहेको गैर–राजनीतिक संगठन हो । विश्व हिन्दू परिषद नेपाल स्वधर्म संस्कृति संरक्षण एवं समाज कल्याण हेतु विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसै क्रममा आउँदो श्री राम जानकी विवाह महोत्सवको पावन अवसरमा विश्व हिन्दू परिषद नेपालले कन्या–पूजन र सामूहिक विवाह समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।
विश्व हिन्दू परिषद नेपालले २०७६ मंसिर १४ गते शनिबार बिहान १० बजे जनकपुरधाम स्थित रणभूमी (बाह्रविघा) मैदानमा कन्या–पूजन कार्यक्रम आयोजना गर्न लागेको हो । हिन्दू धर्ममा नारीलाई साक्षात देवीको स्वरुप मानिएको छ तसर्थ नारी सम्मानका लागि कन्या पूजन कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

त्यस्तै विवाह पञ्चमीको दोश्रो दिन अर्थात २०७६ मंसिर १६ गते सोमबार जनकपुरधाम –१३ पिडारी  (रानी बजार) मा अवस्थित पौराणिक विवाह मणिमण्डपमा १०८ जोडी बर–बधुको सामूहिक विवाह आयोजना गरिने भएको छ । विवाह समारोहमा भारतबाट पाल्नु भएका साधु–सन्त, महन्थ लगायतका विशिष्ट अतिथिगणहरु समेतको विशेष उपस्थिति रहने छ ।
विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित कन्या–पूजन कार्यक्रम तथा सामूहिक विवाह समारोहलाई सफल पार्न स्थानीय वुद्धिजीवी, विद्यार्थी, व्यापारी, पत्रकार लगायत समाजका सम्पूर्ण बन्धुहरुलाई आ–आफ्नो स्तरबाट यथा सम्भव सहयोग गर्नुहुन विहिप नेपाल अपिल गर्दछ ।