विराट सन्त सम्मेलन सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, December 3, 2018

विराट सन्त सम्मेलन सम्पन्न



जनकपुरधाम । विश्व हिन्दू परिषद नेपालको सन्त मार्गदर्शन मण्डलद्वारा प्रदेश स्तरिय सन्त सम्मेलन सम्पन्न गरिएको छ । मंसिर १५ गते शनिबार जनकपुरधाम स्थित जानकी पतञ्जली योग साधना केन्द्रमा सम्मेलन आयोजना गरिएको थियो । 

मान महन्थ जगन्नाथ दास वैष्णव अध्यक्षताको उक्त कार्यक्रममा प्रमुख अतिथि भारतबाट सन्त मार्गदर्शक मण्डल सदस्य डा. श्याम सुन्दर दास वैष्णव, विशिष्ट अतिथि विहिप विहारका क्षेत्र संगठन मन्त्री विरेन्द्र विमल दास वैष्णव तथा अतिथिगण जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, जनकल्याण प्रतिष्ठान नेपालका अध्यक्ष ओम प्रकाश सर्राफ, जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप–मेयर रिता झा, प्रदेश सभा विधायक सुनिता साह, भारतीय वाणिज्य दूतावास, विरगंजका रमेश चतुर्वेदी, वडा अध्यक्ष जानकीराम साह लगायत स्थानीयहरु समेतको उपस्थिति रहेको थियो ।


साथै विहिप नेपालका तर्फबाट राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी, उपाध्य उद्धव कुमार घिमिरे, काशिन्द्र यादव, महासचिव जितेन्द्र सिंह, कोषाध्यक्ष रविन अधिकारी, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष संतोष साह सहित आठै जिल्लाका पदाधिकारी एवं पूर्णकालिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सिरहा जिल्ला स्थित महनौर मठका महन्थ लक्ष्मण दास वैष्णवले गर्नु भएको थियो ।


प्रदेशका आठै जिल्लाहरुबाट करिब आठ हजारको हाराहारीमा साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरु समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।


सहभागीहरु १४ गते बेलुका सम्म कार्यक्रमको लागि जनकपुरधाम आईपुग्नु भएको थियो । १५ गते शनिबार बिहान ९ बजे स्थानीय गोपाल धर्मशालाबाट प्रभातफेरी निकाली नगर परिक्रमा गरेको थियो ।

सम्मेलन हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, जनकपुरधाम मांस मदिरा मुक्त, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहेको थियो । विश्व हिन्दू परिषद नेपाल सन्त मार्गदर्शक मण्डल–२ नं. प्रदेशले विराट सम्मेलन मार्फत पारित गरेका निर्णय तथा प्रदेश सरकार समक्ष पेश गरेका मागहरु यस प्रकार रहेका छन । 

१. गुठी संस्थान अन्तर्गतका सम्पतिहरुको सम्पूर्ण लेखा–जोखा सार्वजनिक गरिनुका साथै गुठी संस्थान खारेज गरी मठ–मन्दिरलाई स्वायत अधिकार प्रदान गरियोस ।

२. केही महिना पूर्व रौतहट जिल्लाको राजपुर फरहदवामा भएको हत्यामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा ल्याइयोस । सोही स्थानमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दशै र छठमा खलल पु¥याउने जिहादी मानसिकताका अपराधीहरुलाई सार्वजनिक गरियोस । साथै आगामी दिनहरुमा यस्ता सार्वजनिक गरियोस । साथै आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरियोस भनी स्थानीयबासीहरुलाई प्रत्याभूत गराइयोस ।

३. २ नं. प्रदेश सरकारद्वारा विभिन्न सरकारी सेवाहरुमा धर्मको आधारमा आरक्षण दिने घोषणा उपर पुर्नविचार गरियोस ।

४. पत्र पत्रिकाको माध्यमले प्राप्त समाचार अनुसार २ नं. प्रदेश सरकारले एक धर्म विषेशलाई मात्र बढावा हेतु मदरसा बोर्ड गठन विधेयक ल्याउने तयारीमा रहेको छ । जसले धार्मिक तथा समाजिक माहोल प्रतिकुल हुन सक्ने भएकोले सो विधेयक खारेज होस ।

५. अदालतले निर्णय गरे बमोजिम जनकपुरधामको नगर परिक्रमा मार्ग भित्र माँस, मदिरा विक्री वितरणमा पुनः रोक लगाई धर्मको मर्म बुझियोस ।

६. २ नं. प्रदेश सरकारद्वारा गौरक्षाका लागि जिल्लासः गौशाला निर्माण गरियोस ।

७. जनकपुरधाम स्थित पावन दुग्धमती गंगाको धार्मिक महत्वलाई नजरअन्दाज गर्दै नगरभित्रका ढल मिसाई कुरुप बनाइदैछ । सो क्रियाकलाप उपर तुरुन्त रोक लगाइयोस । साथै दुग्धमती गंगाको धार्मिक महत्वहरुको सम्मान गर्दै सोको संरक्षण गरियोस ।

सम्मेलन समापन पश्चात दिउँसो ३ बजे दुधमती नदी स्थित मौनीबाबाको आश्रममा गंगा दर्शन तथा महाप्रशाद ग्रहणको कार्यक्रम रहेको थियो ।

विश्व हिन्दू परिषद नेपाल सन्त मार्गदर्शन मण्डल प्रदेश नं. ५ द्वारा कपिलवस्तुमा कार्तिक २७ गते प्रदेश स्तरिय विराट सन्त सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा ५ नं. प्रदेशका करिब १५० साधुसन्त लगायत प्रदेशबासीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा सनातन हिन्दू धर्म रक्षाका लागि आम हिन्दू धर्मावलम्बी लगायत साधुसन्तहरुलाई समेत संगठित भइ अगाडी आउनु पर्ने सहभागी वक्ताहरुको आशय रहेको थियो ।