जनकपुरधाममा धर्मसभा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, November 17, 2018

जनकपुरधाममा धर्मसभा


जनकपुरधाम । विश्व हिन्दू परिषद नेपालको सन्त मार्गदर्शन मण्डलद्वारा प्रदेश स्तरिय सन्त सम्मेलन तथा धर्मसभाको आयोजना गर्न लागिएको छ । मंसिर १५ गते शनिबार जनकपुरधाम स्थित जानकी पतञ्जली योग साधना केन्द्रमा धर्मसभा आयोजना गर्न लागिएको परिषदका प्रदेश संगठन मन्त्री धनुषधारी पाण्डेले जानकारी दिनु भयो । कार्यक्रममा प्रदेशका आठै जिल्लाहरुबाट साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरु समेतको उपस्थिति रहने वहाले बताउनु भयो ।

सहभागीहरु १४ गते बेलुका सम्म कार्यक्रमको लागि जनकपुरधाम आईपुग्नु हुनेछ । १५ गते शनिबार बिहान ९ बजे स्थानीय गोपाल धर्मशालाबाट प्रभातफेरी निकालिने कार्यक्रम समेत रहेको छ भने धर्मसभा ११ः३० मा शुरु हुनेछ । धर्मसभा समापन पश्चात दिउँसो ३ बजे दुधमती नदी स्थित मौनीबाबाको आश्रममा गंगा दर्शन तथा महाप्रशाद ग्रहणको कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

धर्मसभा हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, जनकपुरधाम मांस मदिरा मुक्त, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहने जनाइएको छ । 

विश्व हिन्दू परिषद नेपाल सन्त मार्गदर्शन मण्डल प्रदेश नं. ५ द्वारा कपिलवस्तुमा कार्तिक २७ गते प्रदेश स्तरिय विराट सन्त सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा ५ नं. प्रदेशका करिब १५० साधुसन्त लगायत प्रदेशबासीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा सनातन हिन्दू धर्म रक्षाका लागि आम हिन्दू धर्मावलम्बी लगायत साधुसन्तहरुलाई समेत संगठित भइ अगाडी आउनु पर्ने सहभागी वक्ताहरुको आशय रहेको थियो ।