विश्व हिन्दु परिषद नेपालको दुई दिने प्रशिक्षण सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, September 12, 2018

विश्व हिन्दु परिषद नेपालको दुई दिने प्रशिक्षण सम्पन्न

भादौ २१, सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा विश्व हिन्दु परिषद नेपालको दुइ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु र हिन्दुत्वको रक्षाका लागि नेपालमा सनातन धर्म र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि समाजमा जागरुकता फैलाउन जिल्ला तदर्थ समिति सर्लाहीका सदस्यहरुलाई प्रशिक्षण दिइएको हो ।
तदर्थ समितिले सर्लाहीका संयोजक जयनारायण साहको अध्यक्षता तथा नेपाल भारत मैत्री संघ प्रदेश न(२ का केन्द्रीय सदस्य गणेश (गजेन्द्र प्रसाद)गुप्ताको प्रमुख आतिथ्यताम सम्पन्न दुइदिने प्रशिक्षण कार्यक्रममा परिषदका केन्द्रीय महासचिव एवं प्रशिक्षण वर्गाध्यापक जितेन्द्र प्रसाद सिंह र परिषदका प्रदेश न(२ संगठन प्रमुख धनुषधारी पाण्डेले सहभागी प्रशिक्षार्थीहरु सहजीकरण गर्नुभएको तदर्थ समितिले जानकारी दिएको छ ।
यस किसिमको प्रशिक्षण ७७ वटै जिल्लामा देशव्यापी रुपमा चलिरहेको समितिले जनाएको छ । परिषदले दलित समुदायको उत्थान र समाजबाट छुवाछूत जस्ता घृणित प्रथाको अन्त्यको लागि पनि विशेष कार्यक्रमहरु चलाइरहेको बताएको छ । सदरमुकाम मलंगवा वडा न(८ स्थित रौनियार धर्मशालामा भदौ १९ र २० गते संचालन भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका भरीका विभिन्न मठका मठाधिस तथा हिन्दु धर्म प्रति आस्था एवं सरोकार राख्ने व्यक्तिहरुलाई प्रशिक्षण दिइएको थियो ।