विहिप नेपालको राष्ट्रिय बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, October 2, 2018

विहिप नेपालको राष्ट्रिय बैठक सम्पन्न

असोज १६, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न भएको छ । काठमाण्डौ, बसुन्धरा स्थित एकल भवनको सभा हलमा सोमबार बसेको सो बैठकमा  प्रमुख अतिथि मटिहानी मठका मानमहन्थ श्री श्री १००८ जगन्नाथ जी महाराज, अतिथिगण महनौर मठका महन्थ श्री श्री १०८ श्री लक्ष्मण दास जी महाराज, महिटहानी मठका छोटे महन्थ श्री श्री १०८ श्री रविन्द्र दास जी महाराज, बाराका सन्त श्री श्री १०८ श्री बजरंगी बाबा, परिषदका नेपाल प्रभारी मा. स्नेहपाल सिंह, राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, सदस्यहरु श्री नारायण यादव, विरेन्द्र बुढाथोकी, राजन उपाध्याय, लाल बहादुर बोगटी, सन्तमार्ग निर्देशक मंडलका सदस्य सेवक श्री सौरभनाथ जी महाराज, धर्मानुष्ठान प्रमुख विष्णु ज्ञवालीका साथै सम्पूर्ण पूर्णकालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन गरी बैठकको सुरुवात गरिएको थियो । सम्पूण अतिथिगण तथा पदाधिकारीगणलाई मा. स्नेहपाल सिंह ज्यूले खाँदा ओढाइ स्वागत गर्नुभएको थियो । 
बैठकमा प्रदेश समिति, प्रदेश नामाकरण विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउन, सन्त सम्मेलन आयोजना, सदस्यता अभियान समिक्षा लगायतका विविध विन्दूहरुमा वार्तालाप भएको थियो ।
परिषदको सन्तमार्ग निर्देशक मंडलले प्रदेश नं. २ को नाम जानकी प्रदेश वा मिथिला प्रदेश मध्ये कुनै एक तथा प्रदेश नं. ३ को नाम पशुपति प्रदेश राखिनु पर्ने निष्कर्श निकालेको छ । परिषदका पदाधिकारी तथा कार्यकर्ताहरुलाई निर्देशन गर्दै मानमहन्थ श्री श्री १००८ श्री जगन्नाथ जी महाराजले प्रदेशको नामाकरण सनातन धर्म अनुरुपको हुनु पर्ने तथा सो तर्फ परिषदलाई आवश्यक कदम चाल्नु पर्ने बताउनु भएको हो ।
साथै आफ्नो मन्तव्य राख्दै सन्तमार्ग निर्देशक मंडलका सदस्य श्री श्री १०८ श्री बजरंगी बाबाले गुठी संस्थान खारेज गरी मठ मन्दिरको अधिकार साधुसन्तलाई दिइनु पर्नेमा जोड दिनु भएको थियो ।
सन्त सम्मेलन आउदो मंसिर मसान्तमा काठमाण्डौमा आयोजना गरिने निर्णय भएको महासचिव जितेन्द्र सिंहले जानकारी दिनुभयो ।
बैठक अध्यक्ष टिका बहादुर पहारीको समापन मन्तव्य पश्चात समाप्त भएको थियो ।