एकल अभियानको तीज भेटघाट कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, September 7, 2018

एकल अभियानको तीज भेटघाट कार्यक्रम सम्पन्न



भाद्र २२, काठमाण्डौ । जनकल्याण प्रतिष्ठानद्वारा संचालित एकल अभियानले नेपाली महिलाहरुको पर्व हरितालीका तीजका अवसरमा काठमाण्डौ बसुन्धरा स्थित एकल भवनमा शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सिर्जनशील टोल सुधार समितिका अध्यक्ष गौरी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि एकल अभियान नगर  महीला समिति काठमाण्डौकी अध्यक्ष बिमला बागडियाकाले धर्म संस्कृती र परम्परा हाम्रा धरोहर भएकाले यसलाइ विकृती रहीत बनाउन आजका शिक्षित महीलाहरु अग्रसर हुनुपर्ने बताएकी थिईन् । हरेक परिवर्तनको सुरुवात आफैवाट गर्नु पर्ने बताउदै प्रमुख अतिथि बागडियाले श्रीमान श्रीमतीको सहअस्तीत्व र मेलमीलापबाटै परिवार, घर समाज र राष्ट्र सुन्दर हुने बताएकी थिईन् । यसतर्फ पनि सबैजना जागरुक हुनुपर्ने उनको भनाई  थियो । 


कार्यक्रममा  नगर महिला समिति काठमाण्डौका तर्फबाट श्रीमती रेखा घिराइया, अनुराधा घिराइया, उषा मेहनसरिया, सकुन्तला सरिया, सीता सापकोटा, शालु भास्वानी, बिमला बाजोरिया, कमला उपाध्याय एवं राष्ट्रिय नगर महिला प्रमुख सरोज पंडितका साथै प्रदेश ३ की नगर मलिा प्रमुख सिर्जना पाण्डे उपस्थित रहनु भएको थियो । त्यस्तै कार्यक्रममा एकल अभियान नेपाल प्रभारी बिरेन्द्र बुढाथोकी सह–अभियान प्रमुख अमरेन्द्र ठाकुर,  उत्तम अधिकारी, प्रदेश प्रमुख बिमला थपलिया, प्रदेश गतिविधि प्रमुख महावीर महतो, केन्द्रिय सह प्रशिक्षण प्रमुख रितुलामा सहित नानीमायाँ श्रेष्ठ, बिष्णु थापा मगर, चेली थापा मगर, रिता खरेल लगायतका पूर्णकालिकहरु समेतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स्थानीय टोलबासीहरु उत्साहजनक  सहयोग र सहभागिता रहेको थियो । टोल सुधार समितिका तर्फबाट भगवती थपलिया, मैयाँ त्रिपाठी, संध्या रायमाझी, कमला शाह, सविता ढकाल, संतोषी तामाङ्ग, अनु थापा, शोभा श्रेष्ठ, राधा कडेंल, अनिता प्याकुरेलको विशेष भूमिका रहेको थियो ।  

 त्यस अवसरमा महीला दिदीवहीनीहरुले सामुहीक दर तथा नाच गान समेत गरेका थिए ।