विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, August 14, 2023

विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न

काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न भएको छ । विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्रि मा. मिलिन्द पराण्डे ज्यूको नेपाल प्रवासको क्रममा आयोजित सो तीन दिवसीय बैठक चितवन, देवघाट स्थित श्रीहरि किर्तन वैदिक धर्मशालामा श्रावण २८ गते सम्पन्न भएको छ ।

राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंहको अध्यक्षता तथा मा.मिलिन्द पराण्डे ज्यूको विशेष आतिथ्यता रहेको उक्त बैठकमा वि.हि.प. नेपालका नगर, जिल्ला, सम्भाग तथा राष्ट्रिय स्तरका पदाधिकारी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विविध सांगठनिक योजना सम्बन्धि निर्णय सहित हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक मा. वेद प्रकाश ज्यूको विशेष उद्वोधन पश्चात बैठकको समापन भएको थियो ।