विश्व हिन्दू परिषद नेपालद्वारा बृहत मोटरसाईकल र्याली सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, January 9, 2021

विश्व हिन्दू परिषद नेपालद्वारा बृहत मोटरसाईकल र्याली सम्पन्न


इनरुवा, २५ पुस। विश्व हिन्दू परिषद नेपाल नगर कार्य समिति, इनरुवाले बृहत मोटरसाईकल र्याली निकालेको छ । स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरण हेतु आयोजित उक्त र्यालीमा परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासीको समेत उत्साहजनक उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतीथि श्री लक्ष्मिनारायण मन्दिर विराटनगरका श्री श्री १००८ श्री वामी अजिउत प्रणाचार्य माहाराज पाञ्चाली पीठका पीठाधीस , हिन्दू स्वयंसेवक संघ नेपालका हरि शंकर मेहता ,संघगठन मन्त्री प्रहलाद हरिनगर गापाका युवा प्रमुख रंजीत मेहता, देवानगन्ज गापाका ओमप्रकाश मेहता ,रघुनन्दन मेहता , स्वधर्म संस्कृती अभियान प्रमुख कौशल किसोर कर्ण, हिन्दू स्वयंसेवक संघ नेपालका दुहवीका बिद्यानन्द यादव लगायतको सहभागिता रहेको थियो ।


र्याली इनरुवा स्थित लक्ष्मी नारायण मन्दिरबाट शुरु भई नगर परिक्रमा गर्दै श्री राम मन्दिरमा गई कोण सभामा परिणत भएको थियो ।

र्यालीमा "हिन्दू राष्ट्र कायम गर', गौहत्या बन्द गर, धर्मान्तरण बन्द गर, हिन्दू हिन्दू भाई-भाई, जय श्री राम जय जय श्री राम" जस्ता नारा लगाईएको थियो । कोण सभामा सहभागी वक्ताहरुले हिन्दू राष्ट्रको पक्षमा जनाधार तयार हुदै गएकोले हिन्दू राष्ट्र स्थापना निश्चित रहेको जोड दिएका थिए ।

विश्व हिन्दू परिषद नेपाल स्थापना कालदेखि नै स्वधर्म संस्कृति संरक्षण एवं राष्ट्र हीतमा कार्यरत संगठन भएकोले आगामी दिनहरुमा समेत स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरण हेतु प्रयासरत रही रहने परिषदका नगर अध्यक्ष विजय सोनीले बताउनुभयो ।