प्रेस विज्ञप्ति : कन्या पूजन एवं सामूहिक विवाह समारोह सम्बन्धमा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, December 16, 2020

प्रेस विज्ञप्ति : कन्या पूजन एवं सामूहिक विवाह समारोह सम्बन्धमा

विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति धनुषाले गत वर्ष झै यस बर्ष पनि अलौकिक कन्या पूजन कार्यक्रम तथा सामूहिक विवाह समारोह आयोजना गर्ने निर्णय गरेको छ । जनकपुरधाम स्थित जानकी मन्दिरको प्रांगणमा पौष २ गते कन्या पूजन कार्यक्रम त्यस्तै पौष ५ गते सामूहिक विवाह समारोह आयोजना गर्न लागेको हो । परिषदले कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै यस बर्ष १०८ कन्याको सहभागितामा अलौकिक कन्या पूजन कार्यक्रम र २१ जोडी बर बधुको सहभागितामा सामूहिक विवाह समारोह आयोजना गरिने तय गरेको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजना तथा व्यवस्थापनमा अायोजना हुने कन्या पूजन कार्यक्रम तथा सामूहिक विवाह समारोहको मुख्य उद्देश्य समाजमा ब्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको छ । राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनेछ । कार्यक्रमहरुको पूर्ण सफलताको लागि नगरवासी, बुद्धिजीवी, पत्रकार, व्यापारी, परिषदका सम्पूर्ण शुभ चिन्तक, पदाधिकारी, कार्यकर्ता एवं समस्त धर्मानुरागी महानुभावहरुलाई आ-आफ्नो स्तरबाट सहयोग गर्नु हुन विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ।
 जय श्री राम । नेपाल आमाको जय ।। 
संतोष कुमार साह
 (जिल्ला अध्यक्ष) 
९८४४०२५८७७