नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, October 26, 2020

नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कार्तिक १०, काठमाण्डौ। नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू  परिषद नेपालले प्रधानमन्त्रीलाई  जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत ज्ञापन पत्र बुझाएको छ ।


ज्ञापनपत्र
सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाण्डौ 
नेपाल सरकार 
(मार्फत– प्रमुख जिल्ला अधिकारी, नवलपरासी पश्चिम)

विषय: ज्ञापन पत्र ।

सम्माननीय प्रधानमन्त्री महोदय,
मिति २०७७ कार्तिक ९ गते नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.४ नर्सही, पश्चिम  डाडी स्थिति हनुमान मन्दिरका पूज्य सन्त श्री महगु केवटको हत्या गरिएको घटनाप्रति विश्व हिन्दू परिषद, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न  अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको  सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।
बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको छ । यस किसिमको हत्या–हिंसाविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गर्दछौँ ।
बारम्बार हिन्दू आस्थामाथि प्रहार भैरहे हिन्दू समाज तथा हिन्दू संगठनहरु कडारूपमा प्रस्तुत हुन बाध्य हुनेछ र तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वंय हुनुपर्ने छ ।
जय श्री राम । नेपाल आमाको जय ।।

- राजेश गुप्ता 
(जिल्ला संयोजक, नवलपरासी पश्चिम)