विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, October 31, 2020

विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कार्तिक १५, सप्तरी । विश्व हिन्दू परिषद नेपाल, सप्तरीले शुभ दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले कार्तिक १४ गते शुक्रबार सप्तरी, कठौना स्थित जिल्ला कार्यालयमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य श्री राम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख श्री मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित रहनुभएको थियो ।


File Photo
कार्यक्रममा दोसल्ला ओढाई शुभकामना आदान–प्रदान पश्चात विहिपको स्थानीय समिति पुर्नगठन तथा हिन्दू धर्मवालम्बीहरुले मनाउने बिभिन्न चाँडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीति बारे उपस्थिति अधिकारीगणले मन्तव्य राख्नु भएको थियो ।