एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न विश्व हिन्दु परिषदको आग्रह : प्रेस विज्ञप्ति - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, July 25, 2020

एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न विश्व हिन्दु परिषदको आग्रह : प्रेस विज्ञप्ति

विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने एक कट्टर मानसिकता भएको समूह विश्वका प्रायः सबै देशहरूमा सक्रिय रहेको तथ्य विश्व ईतिहासले बताएको छ । नेपाल-भारत जस्तो हिन्दू बहुल मुलुक धर्मान्तरण, लव जिहाद, आतंकवादबाट पिडित रहेको प्रष्टै देखिन्छ ।

हालै काठमाडौंको सीतापाइलामा बस्ने 'ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौंको डल्लु बस्ने४७ वर्षीय मोहम्मद आलमले एसिड प्रहार गरेको घटना प्रति विश्व हिन्दू परिषद नेपालकाे गम्भिर ध्यानाकर्षण भएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा घटाइएको उक्त अमानवीय घटनाको घोर निन्दा गर्दै अपराधीलाई कडा भन्दा कडा कारवाही तथा पिडितलाई उचित क्षतिपूर्तिको माग गर्दछ । साथै घटनामा घाइते हुनुभएको पवित्रा कार्कीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । लव जिहादको नाममा नेपाली चेलीहरुमाथि मोहम्मद आलम जस्ता मानवरुपी दानवहरुको कुदृष्टि रहेकाले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सजग र सावधान रहनु अति आवश्यक रहेको छ ।

त्यस्तै नेपालमा गैर कानुनी रुपमा म्यानमारबाट आफ्नै क्रियाकलाप तथा आचरणका कारण भागेर आएको रोहिंग्या मुस्लमानहरुको पहिचान नै नभएको अवस्थामा भुमीहीन मुस्लिमको लागि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले सरकारसँग जग्गा उपलब्ध गराउन माग गरेको छ । वास्तविक नेपाली भुमीहीन सुकुम्बासीलाई भन्दा पनि म्यानमारबाट आएका रोहिंग्यालाई लक्षित गरी स्थायी जग्गा उपलब्ध गराउन माग गर्नु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ । 

वास्तविक नेपाली सुकुम्बासी दाजुभाई तथा दिदीबहिनीहरुलाई वेवास्ता गर्दै रोहिंग्या मुस्लमानहरुलाई जग्गा उपलब्ध गराइयो भने देश, धर्म र समाज तथा शान्ति सुरक्षा समेतको लागि प्रतिकूल एवं घातक हुने निश्चित छ । 

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार म्यानमारका बहुसंख्यक बौद्ध समुदायले रोहिंग्या मुस्लमानहरुको कट्टर जिहादी क्रियाकलापबाट आजित भएर सामुहिक रुप मै रोहिंग्या मुस्लमानहरुलाई देशबाट भगाएका थिए , जसलाई बङ्गलादेश जस्ता मुस्लिम बहुल देशले प्रवेश अनुमति दिएनन् ।

कुनै पनि बहानामा यि रोहिंग्या मुस्लिमहरुलाई स्थायी बसोबासको व्यवस्था गरियो भने विश्व हिन्दू परिषद नेपाल आन्दोलित हुन बाध्य हुनेछ । तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ ।

जय श्री राम । नेपाल आमाको जय ।।