साउन १४, काठमाडौं । एसीड आक्रमणमा परेकी पवित्रा कार्कीलाई विश्व हिन्दु परिषदले आर्थिक सहयोग गरेको छ ।
महासचिव जितेन्द्रकुमार सिंह नेतृत्वमा गएको परिषदका पदाधिकारीको टोलीले अस्पताल नै पुगेर पीडित कार्कीलाई ५१ हजा रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
परिषदले दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।