विश्व हिन्दू परिषद नेपालद्वारा 'हिन्दू धर्म सभा' सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, October 18, 2019

विश्व हिन्दू परिषद नेपालद्वारा 'हिन्दू धर्म सभा' सम्पन्न


कार्तिक १, सिरहा । विश्व हिन्दू परिषद नेपाल सिरहा जिल्ला कार्य समितिद्वारा जिल्लास्तरिय हिन्दू धर्म सभा सम्पन्न गरिएको छ । कार्तिक १ गते शुक्रबार सिरहा लहान स्थित पशुपति मा. वि. को प्रांगणमा धर्म सभा आयोजना गरिएको थियो । 
जिल्ला अध्यक्ष अविनाश गुप्ताको अध्यक्षताको उक्त कार्यक्रममा प्रमुख अतिथि प.पू.जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्धबाबा जी महाराज तथा विशिष्ट अतिथिको रुपमा श्री श्री १००८ श्री कृष्ण दास जी महाराज, श्री श्री १००८ श्री लक्ष्मण दास जी महाराज, शिवगुरु चर्चा राष्ट्रिय उपाध्यक्ष श्री किशोर प्रसाद गुप्ता, जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सर्राफ नेपाल प्रहरीको पूर्व डी.आई.जी रमेश खरेल ज्यूको बिशेष उपस्थिति रहेको थियो। 
साथै विश्व हिन्दू परिषद नेपालको तर्फबाट राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी, उपाध्यक्ष काशिन्द्र यादव, महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रल्हाद कुमार, राष्ट्रिय सदस्य श्री नारायण यादव, गौरक्षा प्रमुख मुरली मनोहर चौधरी, धनुषा जिल्ला अध्यक्ष संतोष साह, सचिव अमन गुप्ता सहित सिरहा जिल्लाका पदाधिकारी एवं पूर्णकालिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राष्ट्रिय उपाध्यक्ष काशिन्द्र यादव ज्युले गर्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मंतव्य राख्दै नेपाल प्रहरीका पूर्व डी.आई.जी रमेश खरेलले हिन्दू समाजका लागि चुनौतीहरू बढेकाले हामी स्वयंमा परिवर्तन ल्याई सशक्त ढंगले धर्म–संस्कृति संरक्षणका लागि काम गर्नु पर्ने बताउनु भयो । साथै परिषद्को यस पवित्र कार्यमा सदैव आफ्नो साथ र सहयोग रही रहने बताउनु भयो। 


आयोजित हिन्दू धर्म सभाको उद्देश्यहरुबारे श्री श्री १००८ श्री लक्ष्मण दास जी महाराजले प्रकाश पार्नु थियो। विश्व हिन्दू परिषद् नेपालको सांगठनिक उद्देश्य तथा स्वरुप उपर महासचिव जीतेन्द्र कुमार सिंहले आफ्नो मंतव्य राख्नु भएको थियो। 
मंतव्य कै क्रममा कार्यक्रमका प्रमुख अतिथि प.पू.जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्धबाबा जी महाराजले हिन्दू राष्ट्र स्थापनार्थ हिन्दू समाज राजनैतिक रूपमा जागरूक भई संगठित हुनु पर्ने बताउनु भयो। 
नगर परिक्रमाको लागि कार्यक्रम स्थलबाट निकालिएको प्रभातफेरीमा करिब चार हजारको हाराहारीमा साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सभा हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहेको थियो ।