सिरहामा बिशाल धर्म सभा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, October 16, 2019

सिरहामा बिशाल धर्म सभा



File Photo
सिरहा । विश्व हिन्दू परिषद नेपाल, जिल्ला कार्य समिति सिरहाद्वारा धर्मसभा आयोजना गर्न लागिएको हो । कार्तिक १ गते सिरहा, लहान स्थित पशुपति मा.वि.को प्राङ्गणमा धर्मसभा आयोजना गर्न लागिएको हो । कार्यक्रममा साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरु तथा परिषद्को राष्ट्रिय पदाधिकारीहरु समेतको उपस्थिति रहने निश्चित भएको छ । 

कार्यक्रमको प्रमुख अतिथिमा जगद्गुरु रामानन्दाचार्य महायोगी सिद्धबाबा तथा विशिष्ट अतिथिको रुपमा श्री श्री १००८ श्री मानमहन्थ श्री जगन्नाथ दास बैष्णव जी महाराज, श्री श्री १००८ श्री कृष्ण दास जी महाराज, श्री श्री १००८ श्री लक्ष्मण दास जी महाराज, शिवगुरु चर्चा राष्ट्रिय उपाध्यक्ष श्री किशोर प्रसाद गुप्ता एवं नेपाल प्रहरीको पूर्व डी.आई.जी रमेश खरेल ज्यूको बिशेष उपस्थिति रहने जनाइएको छ । 

सहभागीहरु १ गते शुक्रबार ११ बजे कार्यक्रमको लागि लहान आईपुग्नु हुनेछ । सोही दिन दिउँसो ४ :३० बजे प्रसाद ग्रहणको कार्यक्रम रहेको छ ।
धर्मसभा हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहने जनाइएको छ ।