बोरोबुदुर विहार : विश्वको सबैभन्दा ठूलो बौद्ध मन्दिर - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, October 16, 2019

बोरोबुदुर विहार : विश्वको सबैभन्दा ठूलो बौद्ध मन्दिर



बोरोबुदुर विहार अथवा बरबुदुर इंडोनेशियाको मध्य जावा प्रान्तको मगेलांग नगरमाअवस्थित नबौँ सताब्दीको महायान बौद्ध विहार हो । यो आज पनि संसारमा सब भन्दा ठूलो बौद्ध विहार हो । छः वर्गाकार आकारमा बनेको जसमध्ये तीनओटाको माथिल्लो भाग वृत्ताकार रहेको छ ।यो २,६७२ उच्चाव तथा ५०४ बुद्ध प्रतिमहरूद्धारा सुसज्जित छ । यसको केन्द्रमा स्थित प्रमुख गुंबजको चारै तिर स्तूप भएको ७२ बुद्ध प्रतिमाहरू रहेका छन । यो विश्वको सबभन्दा ठुलो एवं विश्व कै महानतम बौद्ध मन्दिरहरू मध्ये एक हो ।

यसको निर्माण नबौँ सताब्दीमा शैलेन्द्र राजवंशको कार्यकालमा भएको हो । विहारको बनावट जावाई बुद्ध स्थापत्यकलाको अनुरूप हो जुन इंडोनेशियाली स्थानीय पंथको पूर्वज पूजा तथा बौद्ध अवधारणा निर्वाणको मिश्रित रूप हो । विहारमा गुप्त कलाको प्रभाव पनि देखिन्छ जसमा भारतको क्षेत्रिय प्रभावलाई दर्शाउँद छ तर विहारमा स्थानीय कलाको दृश्य एवं तत्व पर्याप्त मात्रामा सम्मिलित छ । स्मारक गौतम बुद्धको एक पूजास्थल तथा बौद्ध तीर्थस्थल हो । 

तथ्य अनुसार बोरोबुदुरको निर्माण कार्य नबौँ सताब्दीमा आरम्भ भएको तथा १४ औँ सताब्दीमा जावामा हिन्दू राजवंशकोे पतन सँगै जावाईहरूद्वारा इस्लाम अपनाउनु पश्चात यसको निर्माण कार्य बन्द भएको थियो । यसको अस्तित्वको विश्वस्तरमा जानकारी सन् १८१४ मा सर था‘मस स्टैमफोर्ड रैफल्स द्वारा गराईएको थियो । तत पश्चात जावाको ब्रितानी शासकलेयसको निर्माण कार्यलाई अगाडी बढाएका थिए । बोरोबुदुरलाई निर्माण पश्चात पटक पटक मर्मत सम्भार गराई संरक्षित राखिएको छ । यसको सबभन्दा अधिक मरम्मत, यूनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीबद्द गरे पश्चात सन् १९७५ देखि १९८२ कोबिच इंडोनेशिया सरकार र यूनेस्कोद्वारा गरिएको थियो ।

इंडोनेशियामा प्राचीन मंदिरहरूलाई चण्डीको नामले सम्बोधन गरिन्छ अतः “बोरोबुदुर मंदिर’’लाई चण्डी बोरोबुदुर पनि भनिने गरिन्छ ।बोरोबुदुर अहिले पनि तिर्थयात्रिको लागि खुला रहेको छ र वर्षमा एक पटक वैशाख पूर्णिमाका दिन इंडोनेशियामा बौद्ध धर्मावलम्बी स्मारकमा उत्सव मनाउँदछन । बोरोबुदुर इंडोनेशियाको सबभन्दा धेरै पर्यटक भ्रमण गर्ने पर्यटन स्थल हो ।

एसियाका तारा भनि चिनिने भगवान गौतम बुद्धको जन्म करिब २५०० बर्ष पूर्व नेपालमा भएको थियो । भगवान गौतम बुद्धको बुद्धत्वको प्रवाह संसार भरि नै भएको तथ्य अवगत नै छ । हाल ईस्लामिक देश ईन्डोनेशियामा समेत कुनै समयमा हिन्दुत्व तथा बुद्धत्व व्याप्त थियो । संसार कै सबभन्दा ठूलो बुद्ध मन्दिर बोरोबुदुर हालको ईस्लामिक देश ईन्डोनेशियामा हुनु साथै भगवान गणेशको प्रतिमा अंकित मुद्रा, तथा हिन्दुत्वको प्रतिक मानिने गरुडको नामको एयरलाइन्स समेत ईन्डोनेशियामा रहेको तथ्यले प्रष्ट गर्छ कि ईन्डोनेशिया पनि विगतमा हिन्दू देश नै थिए । 

– साभार ः विकिपीडिया