सन्त सम्मेलन तथा धर्मसभा सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, May 27, 2019

सन्त सम्मेलन तथा धर्मसभा सम्पन्न



कपिलवस्तु । विश्व हिन्दू परिषद नेपालको सन्त मार्गदर्शन मण्डलद्वारा प्रदेश स्तरिय सन्त सम्मेलन सम्पन्न गरिएको छ । जेष्ठ ११ गते शनिबार कपिलवस्तु, तौलिहवा स्थित बाल मन्दिरमा सम्मेलन आयोजना गरिएको थियो । प्रदेशका १२ वटै जिल्लाहरुबाट हजारौको संख्यामा साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।


सहभागीहरु १० गते बेलुका सम्म कार्यक्रमको लागि तौलिहवा आईपुग्नु भएको थियो । ११ गते शनिबार बिहान ८ बजे रामघाट स्थित परिषद् कार्यालयबाट प्रभातफेरी निकाली नगर परिक्रमा गरेको थियो ।

सम्मेलन हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या उपर प्रतिबन्ध, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहेको थियो ।