विहिप नेपालको राष्ट्रिय बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, December 21, 2018

विहिप नेपालको राष्ट्रिय बैठक सम्पन्न

पौष ५, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न भएको छ । काठमाण्डौ, बसुन्धरा स्थित एकल भवनको सभा हलमा राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारीको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघका बरिष्ठ प्रचारक मा. ओम प्रकाश गर्ग, विशिष्ट अतिथिगण मटिहानी मठका मानमहन्थ श्री श्री १००८ जगन्नाथ दास बैष्णव, युवा संत श्री सेवक सौरभनाथ बाबा, बजरंगी बाबा एवं परिषदका तर्फबाट महासचिव जितेन्द्र कुमार सिंह, कोषाध्यक्ष रविन अधिकारी, सचिव दिपक कुमार लोध, सदस्यहरु विरेन्द्र बुढाथोकी, विश्वनाथ रेग्मी, राजन उपाध्याय रूपन्देही जिल्लाध्यक्ष ओमकार पाण्डेका साथै सम्पूर्ण पूर्णकालिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन गरी बैठकको सुरुवात गरिएको थियो । सम्पूर्ण अतिथिगण तथा पदाधिकारीगणलाई जितेन्द्र सिंह ज्यूले स्वागत गर्नुभएको थियो ।


बैठकमा सदस्यता रसिद, बैंक खाता सञ्चालन, पूर्णकालिक कार्यकर्ता बढाउने, संयुक्त बैठक संचालन एवं विविध आनुुशांगिक संगठन विस्तार लगायतका विविध विन्दूहरुमा वार्तालाप भएको थियो ।
परिषदको राष्ट्रिय बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन ।
 विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय समितिको कार्यालयबाट विभिन्न पदाधिकारी एवं पूर्णकालिन कार्यकर्ता मार्फत जारी गरिएको सदस्यता शुल्क रसिदको ठेलीहरु आगामी राष्ट्रिय समितिको बैठकमा सहभागी हुन आउँदा अनिवार्य रुपमा पेश गर्नु पर्ने र सम्पूर्ण अर्थ संकलन भए नभएका विवरणहरु बारे अभिलेखिकरण समेत गर्ने भनि आजको बैठकबाट निर्णय पारित गरियो ।
 विश्व हिन्दू परिषद नेपालको जिल्ला तह देखि केन्द्र सम्मका कार्यालयहरुको खर्च व्यवस्थापन गर्नुको साथै विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्नुपर्ने हुदाँ विश्व हिन्दू परिषद नेपालको विधान अनुकुल हुने गरी आगामी बैठकमा छलफल गरी शुल्क निर्णय गरिने भनि निर्णय गरियो ।
 संस्थाको सम्पूर्ण आम्दानी खर्चको हिसाब किताबलाई व्यवस्थित र पारदर्शि बनाउन भएको राष्ट्रिय समिति कोषाध्यक्ष ज्यूको सक्रियतामा बैंक खातालाई सक्रिय पारी कारोबार गर्ने भनि आजको बैठकबाट निर्णय गरियो ।
 विश्व हिन्दू परिषद नेपालको उद्देश्य अनुसारको विभिन्न कार्यहरु सम्पादन गर्ने, सम्पर्क गर्ने, वस्तुस्थितिको अवलोकन गर्ने, सूचनाहरुको सम्प्रेषन गर्ने, संगठनात्मक कार्यहरुको विस्तार गर्ने, परिषदको विभिन्न आयामहरुको व्यवस्थित परिचालन गर्नका लागि कार्यकर्ता जोडने र व्यवस्थापन गर्नुको साथै दायित्वहरुको समेत जिम्मा दिने भनि निर्णय गरियो ।
 विश्व हिन्दू परिषद नेपालको महिला विभागलाई सांगठनिक थप सक्रिय पार्न आवश्यक पर्ने प्रशिक्षण शिविर जनकपुरमा संचालन गर्ने ।
 हिन्दू युवा परिषदको संगठन निर्माण तथा विस्तार गर्ने भनि आजको बैठकबाट निर्णय गरियो ।
 विश्व हिन्दू परिषदको केन्द्रिय समिति(भारत) बाट आउनुहुने पदाधिकारीज्यूको आतिथ्यतामा आगामी माघ महिनाको ३० गतेका दिन सबै राष्ट्रिय समितिका पदाधिकारीहरुका साथै जिल्ला अध्यक्ष तथा सचिव समेतको संयुक्त बैठक बस्ने भनि निर्णय गरियो ।
 विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय समितिको आगामी बैठक देवघाटमा २०७५ फाल्गुन ५ गनेका दिन बस्ने भनि निर्णय गरियो ।