विश्व हिन्दू परिषद्को ५४ औं स्थापना दिवस मनाइयो - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, September 3, 2018

विश्व हिन्दू परिषद्को ५४ औं स्थापना दिवस मनाइयो


भाद्र १८, काठमाण्डौ । विश्व हिन्दू परिषदले आफ्नो ५४ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । परिषदले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ । 
कपिलवस्तुमा आयोजित कार्यक्रम
परिषदले विगतका वर्ष झै यस वर्ष पनि सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव मनाएको छ ।
काठमाण्डौ बसुन्धरा स्थित एकल भवनमा आइतबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पूूर्व उपराष्ट्रपति श्री परमानन्द झाको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारीको अध्यक्षता रहेको थियो । सो कार्यक्रममा परिषदका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, समाजसेवी खेमनाथ आचार्य, अखिलेश्वर प्रसाद सिंह, संत श्री सेवक सौरभनाथ जी महाराज, संघका अनुसांघिक संगठनका प्रतिनिधिहरु लगायत महिला अधिकारकर्मी गायत्री साह, प्रभा सिंह, लिला उप्रेती पत्रकार विणा सिन्हा, नेपाल सरकारका पूर्व सचिव राम अधिन यादवको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारीले खाँदा र माला लगाइ अतिथिगणलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव जितेन्द्र कुमार सिंहले परिषद् स्थापनाको उद्देश्य बारे प्रकाश पार्दै विश्व हिन्दू परिषदको स्थापना विश्व भरी छरिएर रहेका हिन्दूहरुलाई संगठित गर्न संघका द्धितिय सर–संघचालक श्री गुरु जीले संतहरुको मार्ग निर्देशनमा ५४ वर्ष अगाडी भारतमा गर्नु भएको बताउनु भयो ।

कार्यक्रममा पूर्व उपराष्ट्रिपति परमानन्द झाले आफ्नो मन्तव्य राख्दै विश्व भरी रहेका हिन्दूहरुको एक मात्र चाहना नेपाल हिन्दू राष्ट्र होस भन्ने रहेको र सो तर्फ विश्व हिन्दू परिषद कार्यरत रहेको प्रति आफु धेरै नै प्रभावित भएको बताउनु भयो । विश्व हिन्दू परिषदको यस महा–अभियानमा आफु हर–सम्भव सहयोग गर्न तयार रहेको बताउनु भयो । 
राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारीको समापन मन्तव्य पश्चात कार्यक्रम समाप्त भएको थियो । कार्यक्रमको संचालन संघका काठमाण्डौ नगर कार्यवाह घ्रुवराज लुइटेलले गर्नुभएको थियो ।