एकल अभियानको समिति गठन तथा सम्मान कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, August 25, 2018

एकल अभियानको समिति गठन तथा सम्मान कार्यक्रम सम्पन्न


भाद्र ९, काठमाण्डौ । जनकल्याण प्रतिष्ठानद्वारा संचालित एकल विद्यालय अभियानको समिति गठन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ बसुन्धरा स्थित एकल भवनमा शनिबार आयोजित सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठान उपाध्यक्ष टिका बहादुर पहारीले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका राष्ट्रिय महासचिव महावीर घिराईया, राष्ट्रिय सदस्य विनोद कुमार पोद्दार, बागमती अंचल सदस्य श्री महेश मोदी लगायत अभियानका पूर्णकालिक कार्यकर्ता सहित संच, जिल्ला एवं अंचल स्तरका समिति पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

अभियानले रविन अधिकारीको अध्यक्षतामा प्रदेश नं. ३ को प्रदेश स्तरीय समिति गठन गरेको छ । प्रदेश उपाध्यक्षमा राजाराम मिश्र, सचिवमा श्रीमती सीता सापकोटा, सह–सचिवमा रामहरि घिमिरे, सदस्यहरुमा क्रमशः राजु पण्डित, सरस्वती उप्रेतीलाई गठन गरेको हो । प्रदेश आरोग्य प्रभारीमा दिनेश साह तथा गतिविधि प्रभारीमा महेश मोदीलाई चयन गरेको हो ।


त्यस्तै अभियानले जिल्ला तथा संच समितिहरु समेत पुनर्गठन गरेको छ । कार्यक्रममा प्रदेश नं. ३ का रामेछाप, काभ्रे, काठमाण्डौ, धादिङ्ग र मकवानपुर जिल्लाहरुको जिल्ला एवं सो अन्तर्गतका संच समितिहरु पुनर्गठन गरिएको हो । समिति घोषणा पश्चात सम्पूर्ण नवगठित पदाधिकारीहरुलाई खाँदा एवं माला लगाई बधाई पत्र प्रदान गरिएको  हो ।