अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, August 2, 2018

अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन सम्पन्न

श्रावण १७ , नेपालगंज  जनकल्याण प्रतिष्ठान नेपालद्वारा संचालित एकल विद्यालय अभियानको बार्षिक अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन सम्पन्न भएको छ । नेपालगंज स्थित होटेल बाटिकाको सभाहलमा श्रावण १३ गतेबाट शुरु भएको सो सम्मेलन १६ गते सम्म चलेको थियो । सम्मेलन तिन सत्रमा सम्पन्न भएको थियो । 
सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता एकल अभियान नेपालका अध्यक्ष श्री ओम प्रकाश सर्राफले गर्नु भएको थियो । उक्त उद्घाटन सत्रमा प्रमुख अतिथि नेपालगंज उप–महानगरपालिकाका मेयर डा. धबल समशेर राणा एवं विशिष्ट अतिथि एकल अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष श्री बजरंगलाल बागडा सहित अतिथिहरु अखिल भारतीय  सह–अभियान प्रमुख श्री खेमानन्द सापकोटा, एकल अभियान नेपालका उपाध्यक्ष श्री टिका बहादुर पहारी,  एकल विद्यालय फाउण्डेशन अफ ईन्डियाका अध्यक्ष श्री रविदेव जी,  एकल अभियानका अन्तर्राष्ट्रिय समन्वयकर्तागण जर्मनीबाट श्री रमेश चन्द्र जैन, यूकेबाट श्री अनिल पुरी, ईटलीबाट श्री विठ्ठल महेश्वरी, बहराइनबाट श्री महेश भाई देव, लगायतका अन्य विदेशी सहयोगकर्ताहरु समेत उपस्थित रहनु भएको थियो साथै अभियानका राष्ट्रिय समितिका पदाधिकारी सहित संच स्तर सम्मका कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

कार्यक्रमको शुरुवात राष्ट्रिय गान सँग सँगै नृत्य सहितको स्वागत गीतले गरिएको थियो । कार्यक्रममा देश भरिबाट ७ उत्कृष्ट आचार्यहरुलाई  सम्मान पत्र प्रदान गरिनुका साथै केही पुरातन विद्यार्थीहरुको परिचय समेत गराईएको थियो । कार्यक्रमको उद्घोषण अभियानका युवा अभियान्ता श्री महेश घिराइयाले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नु हुदै श्री बजरंगलाल बागडाले विश्व आज हाम्रो विचारधारा प्रति भइरहेको बेला एकल अभियानका माध्यमले हामी आ–आफ्नो कर्तव्य पालन गर्नु पर्ने बताउनुभयो । मन्तव्य कै क्रममा डा. धवल शमशेर राणले एकल अभियानलाई सक्दो सहयोग गर्ने र गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रमका अध्यक्ष ओम सर्राफले मन्तव्य राख्दै कलयुगमा दान एक मात्र मुक्तिको बाटो रहेको  बताउनु भयो ।

सम्मेलनको दोश्रो दिन पनि विद्यालय दर्शनको कार्यक्रम  राखिएको थियो । विदेशबाट पाल्नु भएका सहयोगी एवं कार्यकर्ताहरुले बाँके तथा बर्दिया लगायतका जिल्लाहरुमा छुट्टा–छुट्टै समूह बनाई विद्यालय दर्शन गर्नुभएको थियो । विद्यालय दर्शनका क्रममा स्थानीय विद्यालयका समिति, अभिभावक, विद्यार्थी तथा पूर्णकालिकहरुले भव्य स्वागत गर्नु भएको थियो ।
विदेशबाट पाल्नुभएका महानुभावहरुद्वारा विद्यालय दर्शनका क्रममा क्रिकेट ब्याट, बल, ब्याटमिनटन, फुटबल, स्किपिंग रोप लगायतका खेल सामग्रीहरु एकल वितरण गरिएको थियो ।
सम्मेलनमा  प्रतिभा प्रदर्शन कार्यक्रम राखिएको थियो । बालबालिकाहरुले बनाएका चित्रकला, हस्तकला लगायतका सामग्रीहरु प्रदर्शनका लागि राखिएको थियो साथै बालबालिकाहरुले हाजिरी जवाफ प्रतियोगिता तथा बक्तृत्वकला प्रतियोगितामा समेत भाग लिएका थिए । एकल विद्यालयमा अध्ययनरत सातै प्रदेशका विद्यार्थीहरु मध्येबाट करिब ३ दर्जन विद्यार्थीहरुलाई छनौट गरी प्रतियोगिताका लागि  ल्याइएको थियो । 
सोही दिन श्री बजरंग लाल बागडा ज्यूले नेपालका कार्यकर्ताहरु सँग लिनुभएको छुट्टै सत्रमा बोल्नु हुदै एकल विद्यालयमा गुणवक्ता कायम राख्दै आगामी तिन वर्ष भित्र हाल नेपालमा रहेको २२०० विद्यालय संँख्यालाई बढाई ५००० पु¥याउनु पर्ने जोड दिनु भयो ।
विद्यालय दर्शन पश्चात बेलुकी कार्यकर्ताहरु सँग अन्तरकृया सत्र राखिएको थियो । सत्रमा कार्यकर्ताहरुले राखेका जिज्ञासाहरुको उत्तर समिति तथा विदेशबाट पाल्नुभएका महानुभावहरुले दिनुभएको थियो । 
सम्मेलनको तेश्रो दिन समापन समारोहमा खेमानन्द सापकोटाले मन्तव्य राख्दै, एकल अभियानका कार्यकर्ताले राष्ट्रलाई सबल र परम् बैभवमा पु¥याउने ध्येय राखी गन्तव्य तर्फ अगाडी बढ्नु पर्ने बताउनु भयो ।

विदेशी सहयोगकर्ताहरुले अनुभव कथन प्रस्तुत गर्दै एकल अभियानले आफुहरु अत्यन्तै प्रभावित भएको र आउने दिनहरुमा अभियानलाई अगाडी बढाउन सक्दो सहयोग गरिरहने बताउनु भयो । एकल विद्यालय अभियानलाई देशको कुना काप्चा सम्म पु¥याउन सम्पूर्ण नेपालीले  हातेमाले गर्दै अगाडी बढनु पर्नेमा उहाँले जोड दिनु भयो ।