परिवार मिलन कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, September 29, 2023

परिवार मिलन कार्यक्रम सम्पन्न


काठमाण्डौ ।
एकल विद्यालय फाउण्डेशन अफ नेपालद्वारा परिवार मिलन कार्यक्रम सम्पन्न गरिएको   छ । विश्व हिन्दू परिषद्, भारतका संयुक्त महामन्त्री माननीय बजरंगलाल बागडा ज्यूको विशेष उपस्थितिमा काठमाण्डौ कालिकास्थान स्थित अमृत भोग कम्प्लेक्सको सभाहलमा असोज ११ गते कार्यक्रम आयोजना गरिएको थियो । 



उक्त कार्यक्रममा बिशिष्ट अतिथि समाबेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना, अतिथिगण हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश जी, राष्ट्रिय सह–प्रचारक श्री रेवित कुमार जी, राष्ट्रिय सह–संघचालक श्री कल्याण कुमार तिमिसीना जी, जनकल्याण प्रतिष्ठानका संरक्षक श्री ओम प्रकाश सराफ जी, राष्ट्रिय अध्यक्ष श्री विनोद कुमार अग्रवाल, महासचिव श्री महावीर घिराईया, कोषाध्यक्ष श्री सुनिल कुमार अग्रवाल, एकल विद्यालय फाउण्डेशन अफ नेपाल काठमाण्डौ च्याप्टरका अध्यक्ष श्री अनिल केडिया जी, नगर महिला समिति पदाधिकारी सहित स्थानीय समिति पदाधिकारी, शुभचिन्तक, दानदाता, संघ परिवार संगठनका प्रतिनिधी एवं पूर्णकालिक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम काठमाण्डौमा सञ्चालित एकल विद्यालयका विद्यार्थीहरुको संस्कार पक्ष प्रस्तुति सहित शुरु भएको थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै डा. रामकृष्ण तिमिल्सिनाले एकल विद्यालयले देशका ग्रामिण भेगमा रहेका राष्ट्रका कर्णधार बालवालिकाहरुलाई लक्षित गरी कार्य गरिरहेको प्रति कृतज्ञता व्यक्त गर्नुभयो । 

राष्ट्र विकासमा संस्कारयुक्त शिक्षा अति महत्वपूर्ण रहेको कार्यक्रममा मन्तव्य राख्दै श्री कल्याण कुमार तिमिसीना जीले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय बजरंगलाल बागडा ज्यूले एकल अभियानको विश्व व्यापी स्वरुप, उद्देश्य एवं कार्यशैलीबारे प्रकाश पार्नु भएको थियो । श्री महावीर घिराईयाको धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन भएको थियो । कार्यक्रमको सञ्चालन श्री सुनिल कुमार अग्रवाल जीले गर्नु भएको थियो ।

फोटो :