महाशिवरात्रि पर्व एवं योगी नरहरिनाथ जन्मजयन्तिको अवसरमा देश–व्यापी कार्यक्रम - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, March 2, 2022

महाशिवरात्रि पर्व एवं योगी नरहरिनाथ जन्मजयन्तिको अवसरमा देश–व्यापी कार्यक्रम



काठमाण्डौ, फाल्गुन १८ । महाशिवरात्रि पर्व एवं राष्ट्रयोगी नरहरिनाथको जन्मजयन्तिको पावन अवसरमा विश्व हिन्दू परिषद नेपालद्वारा देश–व्यापी रूपमा सेवामूलक कार्यक्रमहरुको आयोजना गरिएको छ ।



महाशिवरात्रि पर्वको अवसरमा विश्व हिन्दू परिषद नेपाल, उपत्यका समितिद्वारा काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिरमा स्वयंसेवक परिचालन, फेसशिल्ड तथा मास्क वितरण, काठमाण्डौ उपत्यका प्रवेश नाका–थानकोटमा स्वागतद्वार निर्माण आदि जस्ता सेवा कार्यको आयोजना गरिएको थियो । 


त्यस्तै जिल्ला कार्य समिति, कपिलवस्तुद्वारा तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिर र जिल्ला कार्य समिति पर्साद्वारा विरगंज स्थित महादेव मन्दिरहरूमा समेत स्वयंसेवक परिचालन, पानी वितरण, स्वागतद्वार निर्माण लगायतका सेवा कार्यहरू गरिएको थियो ।


फाल्गुन १७ गतेका दिन मनाईने राष्ट्र योगी नरहरिनाथ जन्म–जयन्तिलाई विश्व हिन्दू परिषद नेपालले समरसता दिवसको रूमा मनाउँदै आएको छ । परिषद्ले झापा, सप्तरी, कपिलवस्तु लगायतका जिल्लाहरुमा योगी नरहरिनाथ जन्म जयन्तिको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कार्यक्रमहरुमा योगी नरहरिनाथको जीवनी तथा वहाँले समाजकल्याणको लागि दिनु भएको योगदानहरुबारे वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

फोटो फ़ीचर