प्रेस विज्ञप्ति: तब्लिगी जमातमाथि प्रतिबन्ध लगाउन सरकारलाई ध्यानाकर्षण सम्बन्धमा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, December 17, 2021

प्रेस विज्ञप्ति: तब्लिगी जमातमाथि प्रतिबन्ध लगाउन सरकारलाई ध्यानाकर्षण सम्बन्धमा

विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै देशहरूमा सक्रिय रहेको तथ्य छ ।

हालै आतंकवादलाई बढावा दिएको भन्दै तव्लिगी जमात नामक इस्लामिक जिहादी संगठनमाथि साउदी अरबले प्रतिबन्ध लगाएको कदमलाई विश्वका अनेकौं राष्ट्रहरूले स्वागत गरेको छ । मानवताको लागि चुनौतीपूर्ण मानिएको यस संगठनको काम(कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य अवगत नै छ । तव्लिगी जमात कै प्रभाव एवं प्रयासमा मदर्साहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवीहरुको प्रवेशलाई सुरक्षा चूनौतीको रुपमा लिनुपर्ने देखिन्छ । नेपालमा कार्यरत यस संगठनसंग जोडिएकाहरूमाथि प्रतिबन्ध लगाउन नेपाल सरकारलाई विश्व हिन्दू परिषद् नेपाल ध्यानाकर्षण गराउँदछ ।

झण्डै ९० प्रतिशत हिन्दुहरुको बसोबास रहेको प्रदेश नं. २ मा हिन्दुहरुकै मतबाट निर्वाचित भएकाहरु पनि मधेस र मधेसी जनताको जनमतमाथी कुठाराघात गर्दै इस्लामिक तृष्टिकरणको राजनीतिमा लागेका छन् । मधेसी पहिचानको मुद्दाबाट राजनीतिमा स्थापित तत्कालिन संघिय समाजवादी फोरमले मधेसको साँस्कृतिक मूल प्रवाह र मुख्य पहिचानलाई नै वेवास्ता गर्दै इस्लामिक षडयन्त्रको प्रभावमा परी मुस्लिमलाई मुख्य मन्त्रीको रुपमा मधेसी जनताको टाउकोमा थोप्नु दुर्भाग्यपूर्ण एवं गम्भीर विषय हो ।

हालै एक कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बहुसंख्यक मधेसी जनताको मर्म विपरित मुस्लिमलाई प्रदेश २ मा १२ प्रतिशत आरक्षणको आश्वासन दिनु तिनको जिहादी मानसिकतालाई प्रष्ट पारेको छ । मुख्यमन्त्रीको यस्ता कदमहरुलाई समर्थन गर्ने पार्टी एवं नेताहरु संग हिन्दू समाज एवं हिन्दू संगठनहरु राजनैतिक रूपमा सावधान र सचेत भैसकेका छन् ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी कै संरक्षणमा इस्लामिक जिहादीहरूद्वारा गौहत्या, लव जिहादी एवं बहुसंख्यक हिन्दू जनतामाथि बर्बर दमन र आक्रमणहरुका घटनाहरू बाहिर आएकै हुन ।

नेपाललाई विभाजन गर्ने दिर्घकालिन योजना अन्तर्गत नेपालको साँस्कृतिक राष्ट्रियतामाथि राजनीतिक र संवैधानिक प्रहार गर्दै मधेसी र पहाडी जनतालाई विभाजन गर्ने प्रयास हुदै आएको तथ्य पनि सर्वविदितै छ । देशको साँस्कृतिक एकतामाथि खलल पु¥याउनेमाथि कडा कारवाही एवं अंकुश लगाउन विश्व हिन्दू परिषद नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । जय श्रीराम, नेपाल आमाको जय ।