डा. बाबुराम भट्टराई विरुद्ध आज पनि प्रदर्शन - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, July 25, 2021

डा. बाबुराम भट्टराई विरुद्ध आज पनि प्रदर्शन


साउन १०, काठमाण्डौ। विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध आज आईतबार पनि प्रदर्शन जारी राखेको छ । जिल्ला कार्य समिति धनुषाले जनकपुरधाममा डा. बाबुराम भट्टराई विरूद्ध चर्को नाराबाजी गर्दै उनको पुत्ला समेत दहन गरेको छ ।

उक्त विरोध कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ श्री राम रोशन दास जी महाराज सहित साधु–सन्त तथा परिषदका स्थानीय पदाधिकारी एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । हिन्दू आस्थामाथि कुठाराघात गर्दै डा.बाबुराम भट्टराईले गरेको टिप्पणी फिर्ता लिई सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध प्रदर्शन जारी रहने परिषदले बताएको छ । 

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै राजविराज, विरगंज, भैरहवा, तौलिहवा, पोखरा, धनगढी, महेन्द्रनगर लगायतका मुख्य–मुख्य शहरहरूमा विश्व हिन्दू परिषद नेपाल लगायतका संगठनहरुले डा. बाबुराम भट्टराई विरूद्ध प्रदर्शन गर्दै आईरहेका छन ।





https://www.vhpnepal.org.np/2021/07/janakpurdham.html